२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

मध्यपहाडी लोकमार्ग अवरुद्ध

१७ फाल्गुन २०७५, शुक्रबार ०५:१७

फागुन १७, रुकुम (पूर्व) | रुकुम (पूर्व) लाई बागलुङ हँुदै राजधानी काठमाडौँ जोड्ने मध्यपहाडी लोकमार्गमा हिउँ जम्दा महीनादिन यता यातायातका साधन चल्न सकेका छैनन् । 

रुकुम (पूर्व) र बागलुङको सिमानामा पर्ने सडकखण्डमा तीनदेखि पाँच फिटसम्म हिउँ जम्दा सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिनुभयो । 

यातायातका साधन ठप्प हुँदा खाद्यान्न ढुवानीमा समेत समस्या भएको छ । पहिलेको हिउँ बिलाउन नपाउँदै बारम्बारको हिमपातले सडकमा हिउँ थुप्रिदा समस्या भएको स्थानीयवासी बताउँछन् । 

हिउँ जमेपछि रुकुम (पूर्व) बाट बागलुङ, पोखरा हँुदै काठमाडौँ जाने यात्रु समस्यामा परेका छन् । सडक अवरुद्धकै कारण ढोरपाटन शिकार आरक्ष पुग्ने मानिस पनि रुकुमकोटमै बसिरहेका छन् । हिउँ नपग्लिँदा उक्त सडकखण्ड पूर्णरुपमा यातायातका साधन ठप्प भएको स्थानीय मरिचमान पुनले बताउनुभयो । 

अस्थायी सदरमुकाम रुकुमकोटबाट पुथा उत्तरगङ्गा गाउँपालिकाको तकसेरासम्म यातायातका साधन पुग्ने गरे पनि त्योभन्दा माथि हिउँका कारण जान सकेका छैनन् । गैठी, बेल्चाले हिउँ पन्छाएर बाटो खुलाउने प्रयास गरे पनि चिसोको कारण सम्भव नभएको पुनले बताउनुभयो । पैदल यात्रालाई समेत कठिन हुने गरी बाटोमा हिउँ जमेपछि त्यस क्षेत्र शून्य भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य