२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

छोरासँगै आमा कक्षा आठमा

२०७५, १७ फाल्गुन शुक्रबार २३:५०

प्रेम रौले । फागुन १९, मार्तडी । हिमाली गाउँपालिका–२ कोटकी निमकला रोकाया ३९ वर्षको हुनभयो । बर्ष बढेपनि निमकलाको पढ्ने रहर भने मरेको छैन । 

निमकलाको दैनिकी बिहानै घरको कामबाट शुरु हुन्छ । गाईवस्तुलाई घाँस काट्ने र घरको सम्पूर्ण काम सक्नुहुन्छ । अनि खाना खाएर विद्यालय जानुहुन्छ । अर्काको घर जाने भएकाले छोरीले नपढे पनि हुन्छ भन्ने मान्यतालाई निमकलाले तोड्नुभएको छ । 

विद्यालयको बेग्लै पोशाक भएपनि उहाँ भने धोती र चोली लगाएर जानुहुन्छ । निमकला गाउँको ठुलाकोट आधारभूत माध्यमिक विद्यालयमा छोरा सन्तोषसँगै कक्षा आठमा पढ्नुहुन्छ । पढ्दापढ्दै उमेर नपुग्दै बाबुआमाले विवाह गरिदिएको निमकलाको भनाइ थियो । माइतीघरमा पढ्न नपाएकाले छोरा पाएपछि पढ्ने सोच आएर विद्यालय भर्ना भएको उहाँले बताउनुभयो । पढ्ने रहर छ भनेपछि जेठो छोरासँग विद्यालय भर्ना गरिदिएको श्रीमान् सिउमलले बताउनुभयो । 

हिमाली गाउँपालिकाको कोटगाउँका ७० परिवारमध्ये अहिलेसम्म एकजना महिला पनि आठ कक्षा पास भएका छैनन् । निमकलाले भन्नुभयो, “गाउँमै पहिलो एसएलसी पास गर्ने इच्छाले म विद्यालय भर्ना भएकी हुँ ।” माइतीगाउँको बिच्छँयामा माध्यमिक विद्यालयमा कक्षा ७ सम्म अध्ययन गरेको उहाँले बताउनुभयो । विवाह गरेर आएपछि उहाँको पढाइ बीचैमा छुट्यो । 

उहाँ भन्नुहुन्छ, “पहिला यहाँ प्राथमिक तहसम्म मात्र विद्यालय रहेको थियो । अहिले गाउँमै कक्षा ८ सम्म पढाइ हुने भएपछि पढ्ने रहर जाग्यो ।” निमकला कोटगाउँकी महिला स्वयंसेविकासमेत रहनुभएको छ । उहाँका तीन सन्तान छन् । जेठो छोरा ८, छोरी सुनकली ६ र कान्छो छोरा धनराज कक्षा ४ मा उक्त विद्यालयमा अध्यनरत छन् । 

निमकलाका श्रीमान् सिउमलले भन्नुभयो, “उनको पढ्ने रहर थियो, गाउँमै निमावि तहको विद्यालय पनि भएन्, बच्चा भएकाले पढ्न पाएकी थिइनन्”, आफूले पनि पढ्नका लागि सहयोग गरेपछि छोराछोरीसँगै विद्यालय जाने गरेको उहाँले सुनाउनुभयो । विद्यालयका प्रधानाध्यापक माधवप्रसाद अवस्थीले निमकलाको पढ्ने इच्छा भएकाले विद्यालयमा भर्ना गरिएको बताउनुभयो । हिमाली गाँउपालिका–२ कोटगाउँ सदरमुकाम मार्तडीबाट चार दिनको दूरीमा रहेको छ । कोटगाउँका तीन पुरुषले मात्र एसएलसी पास गरेका छन् । 

उक्त गाउँमा स्थानीय युवा प्रायः सबै बेरोजगार छन् । गाउँमा कुनै समस्या आउँदा पैसा कमाउन भारतमा जाने गर्छन् । गाँउमा कक्षा ८ सम्म पढाइ हुने भए पनि माध्यमिक विद्यालय जान एक दिनको दूरीमा रहेको बिच्छँया मावि जानुपर्ने बाध्यता छ । उक्त गाउँका विद्यार्थी उच्च शिक्षा पढ्न दुई दिन लाग्ने गरेको कोल्टीमा जान्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला