2026-09-13 11:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

रङ्गशाला निर्माणका लागि प्रदेश २ बाट उठ्यो २२ लाख सहयोग

राजकरण महत्तो । फागुन १८, बर्दिवास । धुर्मुश सुन्तली फाउण्डेसनले चितवनमा निर्माण गर्ने ‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि प्रदेश २ बाट पहिलो चरणमा करीब २२ लाख ४० हजार संकलन भएको छ ।

नेपाल होटल तथा पर्यटन व्यवसायि महासंघ प्रदेश २ को संयोजनमा रङ्गशाला निर्माणको लागी महोत्तरीको बर्दिबासमा घोषणा गरिएको खुत्रुके अभियानमा सो रकम संकलन भएको हो । फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल‘धुर्मुस’ को उपस्थितीमा नेपाल होटल तथा पर्यटन व्यवसायि महासंघका पदाधिकारीहरुले २२ लाख ४० हजार ५ सय रुपैंया सहयोग हस्तान्तरण गरेका हुन् ।

रङ्गशाला निर्माण अभियानका लागि चितवन पुगेका धुर्मुस सहयोग संकलन अभियानका लागि बर्दिवास पुगेका हुन् । सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल होटल तथा पर्यटन व्यवसायि महासंघ प्रदेश २ को संयोजनमा खुत्रुके महाअभियान समेत सुरु भएको छ । सिताराम कट्टेल (धुर्मुस) ले आफ्नो तर्फबाट एक हजार रुपैंया खुत्रुकेमा खसालेर खत्रुके अभियानको सुरुवात गरेका थिए । कार्यक्रममा सहभागि उद्योगि, व्यवसायि, उद्यमी, समाजसेवीहरुले रंगशाला निर्माणको लागी लाखौं रुपैंया सहयोग गरेका थिए ।

कार्यक्रममा बोल्दै धुर्मुसले खेलले नेपालको अन्तर्राष्ट्रिय पहिचान बनाउन सकिन हुनाले रंगशाला निर्माणमा सहयोग गर्न सहयोगी मनहरुलाई अपिल गरे । ‘सहयोगी मनहरुबाट सहयोग संकलन गरेरै चार वटा बस्ती बनायौं, ‘कार्यक्रममा धुर्मुसले भने’ अन्तिम पटक सहयोग गर्न आग्रह गर्दैछु रङ्गशाला बनाउन ।’ देशमा आशाको दियो बाल्न अघि बढेको भन्दै उनले थपे ‘दियोमा तेल तपाइहरु मिलेर थपिदिनुस् ।’ 

एकिकृत नमुना मुसहर बस्तीका अध्यक्ष विल्टु मुसहर र उनका भाई मञ्जले पाँच÷पाँच हजार सहयोग गरेका छन् । सहयोग संकलन गरेर बस्ती निर्माण गरिदिएका धुर्मुस सुन्तलीलाई धन्यवाद दिदैं नेपाली सन्तती र नेपाललाई खेलकूदबाट अन्तराट्रिय स्तरमा पहिचान बनाउनेले दिनको एक सय रुपैंया बचत गरेर रंगशाला निर्माण गर्न सहयोग गरेका थिए ।

नेपाल होटल तथा पर्यटन व्यवसायि महासंघ प्रदेश २ का अध्यक्ष हिरा गौतमले प्रदेश २ का आठ वटै जिल्लामा संचालित होटलहरु रंगशाला निर्माणको लागि सहयोगार्थ खुत्रुके अभियानकै रुपमा खुत्रुके राखिने बताए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले