बिकाश सिंह महता | फागुन १९, कञ्चनपुर | सुदूरपश्चिम प्रदेश स्थित कञ्चनपुर जिल्लाका होनहार नवगायक आर्यन शाही ठकुरीको पहिलो 'पागल मन' गितबाट नै सर्वोत्कृष्ट नवगायक बिधा तर्फ नेसनल बुस्ट म्युजिक अवार्ड २०१९ हात पारेका छन् ।

दक्षिणी क्षेत्रमा रहेको ग्रामीण भेग देखि एका/एक खेल क्षेत्रमा अग्रसर हुँदै र योगदान पुर्याउनु भएको शाही अहिले उनी गायन क्षेत्रमा होमिएका छन् । उनिले नवोदित गायक आर्यन शाही ठकुरीको पहिलो गित 'मन यो पागल मन' म्युजिक अवार्डका लागि मनोनयन समेत परेका थिए।

ठकुरीको पहिलो गित मन यो पागल मनले सगरमाथा म्युजिक अवार्ड २०७५ को नवगायक विधाको सर्वउत्कृष्ट नवगायकको टप फाइबको मनोनयनमा पर्न सफल भएका थिए। ठकुरीको स्वरमा सजिएको पहिलो गितको शब्द र संगीत उत्तम थापा मगरले गरेका थिए। आर्यनले केही अगाडि संघीय राजधानीमा भएको कान्तिपुर मोडल एजेन्सी र संगीत नेपालले सयुक्त रुपमा देश व्यापिरुमा आयोजना गरेको स्टार खुला एकल गायन प्रतियोगिताको उपाधी समेत जित्न सफल भएका थिए। शाही ६ वर्ष देखि निरन्तर गायन क्षेत्र तिर आफ्नो भविष्य खोज्दै गायन पेशामै आवद्ध रहि रहिरहेका र उनी संगीत शास्त्रीय तिर समेत अध्ययनमा आवद्ध रहेका छन।कञ्चनपुरको महेन्द्रनगरमा रहेका उनका सह परिवारमा उनी होटेल व्यावसायिक संघ कञ्चनपुरका सदस्य समेत रहेका नरेन्द्र बहादुर शाहीका जेष्ठ छोरा आर्यन शाही ठकुरी हुन।

उनी लाई सफल मिल्दा उनका घर परिवार एका ( एक आफ्ना छिमेकी संग खुसी साटासाट गर्दै खुसिका आँसु समेत आएका उनका बुवा नरेन्द्र ब।शाहिले बताए। उनले सधै निरन्तर रुपमा लगनशीलता पुर्वक मेहनतका साथ अगाडि पुगोस् मेरो छोरा बन्दै आफू एकदमै खुसीको सिमा नै नभएको बताएका छन । आर्यन अहिले गायन क्षेत्रमा र पेशा लाई आत्मसात गर्दै एका(एक अग्रसर भइ संघीय राजधानी काठमाडौमा बस्दै गरेका छन।

March 3, 2019
कन्चनपुर - KNC, समाज
‘पागल मन’ युवा गायक आर्यन शाही ठकुरीलाई सर्वोत्कृष्ट म्युजिक अवार्ड २०१९
By साझासवाल
4 मिनेट पढाइ