२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

अज्ञात रोगका कारण पठनपाठनमा समस्या

२० फाल्गुन २०७५, सोमबार १०:१६

फागुन २०, रोल्पा | अज्ञात रोगका कारण विगत दुई महीनादेखी विद्यार्थी बिरामी पर्न थालेपछि पिताराज अधारभूत विद्यालय रेउघाका अभिभावक र शिक्षक चिन्तित भएका छन् । 

उपचारका अनेक उपाय गर्दा पनि बिरामी निको नभएपछि उनीहरु चिन्तित भएका हुन । विद्यार्थी काप्ने, मुर्छा पर्ने, चिच्याउने तथा रुने कराउने गर्न थालेपछि केही समयअघि चार दिनका लागि विद्यालयको पठनपाठन समेत बन्द गरिएको थियो । शुरुमा यस्तो समस्या कक्षा ६ र ७ मा अध्ययनरत छात्रामा देखिएको बताइएको छ । दैनिक चार, पाँचजनामा यस्तो समस्या देखिएपछि विद्यालयले जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका स्वास्थ्यकर्मीबाट तनाव व्यवस्थापन सम्बन्धी कक्षा सञ्चालन गरेको थियो । 

“उक्त कक्षा सञ्चालन पश्चात पनि विद्यार्थीमा सो समस्या हल हुनुका साटो वृद्धि भई दैनिक १५÷२० जना विद्यार्थी बिरामी पर्न थालेसँगै केही दिनका लागि विद्यालयको पठनपाठन बन्द गर्न बाध्य भयौं” विद्यालयका प्रधानाध्यापक लीला आचार्यले भन्नुभयो । 

स्वास्थ्यकर्मीको परामर्शबाट निको नभएपछि अभिभावकले विद्यार्थीलार्य झारफूक गर्न लगाउनुभयो, प्रधानाध्यापक आचार्यले भन्नुभयो, “विद्यालय नजिकै रहेको रिमूल भन्ने स्थानमा अभिभावकले बिरामी जम्मा गरेर झारफूक गरे पनि बिरामी अझै निको भएका छैनन् ।” 

लामो समयसम्म विद्यार्थी बिरामी पर्दा समग्र विद्यालयको पठनपाठन नै प्रभावित भइरहेको प्रधानाध्यापक आचार्यको भनाइ छ । नगरस्तरीय अन्तिम परीक्षा नजिकिँदै गर्दासमेत समस्या समाधान भएको छैन उहाँले भन्नुभयो, “मनोचिकित्सकबाट परामर्श गरे समस्या हल हुने आफूले आशा गरे पनि त्यसका लागि स्रोत जुटाउन धौधौ परिरहेको छ ।” 

विद्यार्थी बिरामी परेको खबर सुन्ने बित्तिकै जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखको नेतृत्वमा स्वास्थ्यकर्मीको एकटोली विद्यालयमा पठाएको रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले बताउनुभयो । 

स्वास्थ्यकर्मीलाई नियमित विद्यालय गएर परामर्श गर्न भनेका छौ प्रमुख केसीले भन्नुभयो, “बिरामी निको नभए विज्ञ मनोचिकित्सक झिकाएर परामर्श गर्ने गरी नगर शिक्षा समितिले निर्णय गरिसकेको छ”, उहाँले भन्नुभयो, “पछिल्लो अवस्थाबारे वडा कार्यालयले अद्यावधिक गराएपछि अवस्था हेरेर मनोचिकित्सक झिकाउने योजनामा छौ ।” 

“विद्यालय वा घरमा हुने तनावका कारण यस्तो समस्या देखिने गर्छ”, स्वास्थ्य कार्यालय रोल्पाका सिनियर अहेब कुलबहादुर डाँगीले भन्नुभयो, “तनाव व्यवस्थापनका जानकार समेत रहनुभएका डाँगीका अनुसार एक जनामा यस्तो समस्या देखिए त्यस्तो बिरामीलाई छुट्टै बसाल्ने व्यवस्था गरे अरुमा सर्दैन ।” “एक जनाको समस्या देखेपछि अरु पनि त्यसबाट प्रभावित हुने गरेको पाइएको छ”, उहाँले भन्नुभयो, “धेरै जना जमघट हुने स्थानमा यो समस्या धेरैलाई सर्ने गर्दछ ।” 

धेरै विद्यार्थीमा एकै पटक यस्तो समस्या देखिने भएकाले यसलाई मास हिस्टेरिया भनिन्छ, स्वास्थ्यकर्मी डाँगीले भन्नुभयो । यसअघि पनि जिल्लाका विभिन्न विद्यालयमा यस्तो समस्या देखिने गरेको बताइएको छ । सदरमुकामको बालकल्याण नमूना मावि, तारा मावि वामरुक, नेपाल राष्ट्रिय मावि खुमेल, खुङ्ग्री, ओत लगायतका विद्यालयमा यस्तो समस्या देखिएको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान