2026-09-14 06:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतको भोर्ले बालमैत्री वडाको तयारीमा


पर्वत । पैयूँ गाउँपालिका ७ भोर्लेलाई बालमैत्री वडा बनाउने अभियान शुरु भएको छ ।  बालमैत्री वडा बनाउन वडाभित्रका टोलटोलमा भेला, छलफल, सचेतना ¥याली, बिदालयमा तालिम लगायतका कार्यक्रम सञ्चालन भैरहेका छन् । मोदी गाउँपालिका ८ चित्रे पहिलो बालमैत्री वडा घोषणा भइसकेको छ । 

भोर्लेलाई आगामी २०७६ जेठ महिनाभित्र बालमैत्री शासन सहितको वडा घोषणा गर्ने तयारी रहेको वडा सचिव सरिता परियारले बताइन् ।

बालमैत्री वडा बनाउन ३९ वटा सूचक तय गरेर विभिन्न अभियान चलाईएको छ । वडाभित्रका ३९६ घरधुरी, विद्यालय, स्वास्थ्य संस्था, सरकारी कार्यालय र सार्व्जिनक स्थलमा बालमैत्री संरचना र पूर्वाधार निर्माण गर्ने काम भैरहेको सचिव परियारले बताइन् ।

वडामा हालै आधारभूत सर्वेक्षण गर्दा १९ वटा सूचक पुरा भएको पाईएको छ । अव बाँकि रहेका २० वटा सूचक पुरा गर्ने अभियानमा रहेको वडाध्यक्ष भीमबहादुर गुरुङले बताए । अरु सुचक पुरा भएपनि अव स्वास्थ्य र शिक्षाका पूर्वाधार तयार पार्न वडा केन्द्रित भएको वडाध्यक्ष गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ