2026-09-14 03:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

बाजुरामा आमाबुबाको मृत्युपछि दुई बालिका विचल्लीमा

फागुन २१, बाजुरा | जिल्लाको बडीमालिका नगरपालिका–४ रिलामा दुई बहिनी विचल्लीमा परेकी छन् । बुबाआमाको मृत्युपछि पाँच वर्षीया बीपना दमाई र सात वर्षीया ज्योति दमाईं विचल्लीमा परेको स्थानीय नरेन्द्र नाथले बताउनुभयो । 

आमा मोतीकला दमाईंको चार वर्ष पहिले सुत्केरीको बेलामा मृत्यु भएको र बुबा लाल दमाईंको दुई महीना पहिला क्षयरोगका कारणले मृत्यु भएपछि दुई बहिनी विचल्लीमा परेको नाथले जानकारी दिनुभयो । 

विचल्लीमा परेका दुबै ७० वर्षीय औला दमाईं बज्यैको साहरामा बस्दै आएकी छिन् । आमा र बुबा दुवै नभएका यी बहिनी विद्यालयसमेत जाँदैनन्, दुवैको उमेर विद्यालय जानेभन्दा बढी भइसक्दासम्म पनि आर्थिक अवस्था कमजोर भएकाले विद्यालय जान नसकेको औला दमाईंले बताउनुभयो । 

सात वर्षीया ज्योतिले भनिन्, “आमाको मृत्युपछि बुबा पनि बिरामी हुनुभयो, बिरामी भए पनि केही आशा त हुन्थ्यो, तर बुबानै मृत्यु भएपछि बेसाहारा बनेका हौँ । आफू अरुका बाख्रा हेरेर छाक टार्ने गरेको छौँ, बहिनीलाई बज्यैले मागेर पाल्ने गरेको छ ।” 

अरुका लुगाकपडामा मागेर लाउने गरेका छौँ, कुनै दिन त खाना नपाएर भोकै बस्ने गरेको उनले दुखेसो गरिन् । विद्यालय जाने रहर त थियो तर कापी, कलम र लुगा किन्ने पैसा नभए कारण विद्यालय जान नसकेको सात वार्षीया दमाईंको भनाइ छ । 

बडीमालिका नगरपालिकाका उपप्रमुख कविता विष्टले विचल्लीमा रहेका ती दुई बहिनीको अवस्थाका बारेमा सोमबार स्थलगत अनुगमन गरेर जानकारी लिनुभएको छ । ती दुई बहिनीको तत्काल उद्धार र संरक्षणका लागि पहल गर्ने उहाँले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले