2026-09-08 03:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पार्क संरक्षणको काम शुरु

फागुन २२, चिप्लेढुङ्गा (रासस) | पोखरा फेवाताल किनारमा अवस्थित कोमागाने पार्क संरक्षणमा पोखरा महानगरपालिका–६ ले चासो देखाएको छ । 

पोखराको आर्कषण फेवाताल किनारमा रहेको पार्क संरक्षणको अभावमा पछिल्लो समय अस्तव्यस्त बनिरहको थियो । जसले गर्दा नेपालकै उत्कृष्ट सम्पदाभित्र पर्नेे यस पार्कभित्र विभिन्न देशका कलाकारले बनाएको कलाकृतिसमेत ओझेलमा परेको थियो । झारभित्र हराएर बेवारिसे बनिरहेका तिनै कलाकृतिलाई पछिल्लो समय पोखरा महानगरपालिका–६ ले संरक्षणका लागि चासो दिएको हो । 

पार्कमा सिधैँ गाडी लैजाने, कतिपय विदेशीले क्याराभान गाडी लिएर त्यहीँ पार्किङ गर्ने र तिनै कलाकृतिमाथि कपडा सुकाउने गरेका दृश्यसमेत देखिन्थे । तालको छेउमा अर्को बसुन्धरा पार्कसमेत रहेको छ । सो ठाउँमा समेत विभिन्न समयमा मेला महोत्सव हुने तर संरक्षणप्रति उचित चासो नदिँदा बसुन्धरा पार्कले पनि आफ्नो सुन्दरता गुमाइरहेको छ । 

वडाध्यक्ष जगत पहारीले पार्कको महिमा र महत्वलाई कायम राख्न वडाले काम शुरु गरेको र पार्क व्यवस्थापनका लागि मूर्ति संरक्षणमा जोड दिँदै वरिपरी गिट्टीले सजाइएको र कलाकारको नेमप्लेट राखिएको बताउनुभयो । 

कोमागाने पार्कमा केदारेश्वर मन्दिर अवस्थित छ । मन्दिरमा पूजाआजा गर्न भक्तजन आउने, विवाह भोजभतेर हुने तर कुनै व्यवस्थित नियम नहुँदा त्यसले पार्कको सौन्दर्यलाई विनाश गर्दै लगेको बताउनुहुन्छ राष्ट्रिय सम्पदा संरक्षण समिति नेपलाका अध्यक्ष एवं सामाजिक अभियन्ता रामबहादुर पौडेल । 

जापानको कोमागाने शहर र पोखराबीच सन् २००२ मा भगिनी सम्बन्धमा स्थापित भएपछि सो पार्कको कोमागाने नामकरण गरिएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ