2026-09-14 05:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

काँटामा ठगी, एक किलो जोखेर दिंदा ८५० ग्राम मात्र !

फागुन २३, चिप्लेढुङ्गा (रासस) | “लौ आउनुस् सस्तो अनार, अङ्गुर लानुहोस् ।” “दिदी अङ्गुर लानुहुन्छ ?” बाटोमा हिँडिरहेकी एक महिलालाई व्यापारी महिलाले फलफूल किन्न कर गरिन् । “कति हो अङ्गुर ?” “किलोको १५० हो, १४० मा लानुस् ।” ग्राहक महिलाले एक किलो अङ्गुर किनिन् । उनले किलो अलि नपुगेको भन्दै राम्रोसँग जोखेर दिन आग्रह गरिन् । तर व्यापारी महिलाले चिनियाँ हाते काँटा देखाउँदै भनिन्, “ल हेर्नुस् पुगेको छ ।” व्यापारीले पुगेको छ भन्दै ढिपी गरेपछि ग्राहक महिला बाटोछेउ पसलमा रहेको डिजिटल तराजुमा लगेर जोखिन् । अङ्गुर जम्मा ८५० ग्राम मात्र भयो । 

“दिदी अङ्गुर एक किलो पुगेको छैन ।” “पुर्याएर दिएको किन नपुग्ने ?” उल्टै प्रश्न व्यापारी दिदीको । ग्राहक महिला भन्दै थिइन् “सस्तो दिएको नाममा यसरी ठग्न त भएन, बरु मूल्य जति हो त्यति लिनुस्, यसरी ठगेर व्यापार नगर्नुस् ।” व्यापारी महिलाले भनिन् “बाटा बसेर सस्तोमा दिनुछ । किचकिच गर्छन्, किलो खोज्नेले पैसा पनि बढी दिनु नि ।” 

महेन्द्रपुल सडकपेटीमा फलफूल बेच्नेसँग पनि ग्राहकको उही गुनासो थियो, “किलो पूरा गरेर दिनुस् है । यो काँटामा सय/डेढसय ग्राम पुग्दैन ।” छेऊमै तरकारी बेच्ने व्यापारी महिलाले भनिन्, “यो सानो चाइनिज काँटामा जोखेर फलफूल किन्नेहरूको सधैँ गुनासो हुन्छ । आफूहरूले डिजिटल तराजुबाट तरकारी बेच्ने गरेकाले ग्राहकको जोखाइमा गुनासो हुँदैन ।” 

पोखराका विभिन्न प्रमुख चोक एवं गल्लीका सडकपेटीमा डोको र क्रेटमा फलफूल बेच्नेहरूले ग्राहकलाई सस्तोको प्रलोभनमा पारेर किलोमा ठग्नु आजकाल सामान्य विषय भइरहेको छ । 

खुलमखुला काँटामा ठग्नेलाई कहीँकतैबाट कारवाही नहुँदा उनीहरूको मनोबल झनै बढेको देखिन्छ । कोही ग्राहकले बोलीहाले व्यापारी नै एकजुट भएर जाइलाग्ने गरेको स्थानीय किराना पसल व्यवसायी गङ्गा सुनार बताउनुहुन्छ । “चोकमा धेरै फलफूल व्यवसायी छन् । नगर प्रहरीले हटाउने हुँदा लुकीछिपी व्यापार गर्नुपर्ने सास्ती पनि छ । फेरि प्रहरी प्रशासनको आँखा छलीछली ग्राहकलाई ठग्न पनि खप्पिस छन् ।” सचेत ग्राहक किलो नपुगेको भन्दै फलफूलको झोलै फालेर झगडा गरेर हिँड्ने गरेको थुप्रै दृश्य आफूले देखेको सुनारले बताउनुभयो । 

उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिल कोइराला नियमन निकायको लाचारीका कारण उपभोक्ता विभिन्न माध्यमबाट ठगिन पुगेको बताउनुहुन्छ । “सस्तो र महँगोको कुरा होइन, जति मूल्य भनेर उपभोक्ता किन्न तयार भएका छन् त्यति मूल्यमा किलो पुर्याएर दिनुपर्छ ।” सचेत उपभोक्ताले यसविरुद्ध उजुरी दिने हो भने कारवाही हुने कोइरालाले बताउनुहुन्छ । 

कास्कीमा झण्डै ४० हजार हाराहारीका व्यवसायी छन्, तर जम्माजम्मी २०/२२ हजारले मात्रै व्यवसाय दर्ता गरेका छन् । दर्ता नगरेका व्यापारीको नापतौलको जाँच कहीँ कतैबाट हुँदैन, अनि ठग्ने व्यवसाय फस्टाइरहेको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “हामी डोकोमा फलफूल बेच्नेप्रति सहानुभुति राख्छौं, तर उनीहरूले कानून नै हातमा लिएर मनपरी गर्छन् । यसले नराम्रो अभ्यासको विकास हुन्छ । सचेत उपभोक्ताले नापतौल र मूल्यप्रति चनाखो भएर आवाज उठाउनुपर्ने कोइराला बताउनुहुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ