2026-09-13 12:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

विश्वविद्यालयको कार्यकारी परिषद्ले पूर्णता नपाउँदा कामकाज ठप्प

फागुन २३, लमही । नेपाल संस्कृत विश्वविद्यालयको कार्यकारी परिषद्ले पूर्णता पाउन नसक्दा काम अघि बढन सकेको छैन् । कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओली, सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसहित विश्वविद्यालयका २० सदस्य सहभागी रहेको विश्वविद्यालयको ७१औँ सभाले उपकुलपतिले नियुक्त गरेका कार्यपरिषद्का सदस्यलाई अनुमोदन नगरी टुङ्गिएको विश्वविद्यालयका प्रशासक डा हिमलाल पन्थीले बताउनुभयो । 

सभामा उपकुलपति प्रा डा कुलप्रसाद कोइरालाले कार्यकारी परिषद्मा नियुक्ति गरेका दुई जनाको नाम सभामा सिफारिश गरे पनि कोइरालाले नियुक्ति गरेका दुवैलाई सभाले अनुमोदन नगरेको उहाँले बताउनुभयो । “उपकुलपतिले सभामा दुई जनाको नाम सिफारिश गर्नुभएको थियो”, उहाँले भन्नुभयो, “तर दुवैको नाम सभाले अनुमोदन गरेन ।” 

विश्वविद्यालय कार्यकारी परिषद् पाँच सदस्यीय हुन्छ । जसमा उपकुलपति (अध्यक्ष), कुलसचिव (सदस्यसचिव), शिक्षाध्यक्ष (सदस्य) हुने प्रावधान छ । त्यसबाहेक प्राचार्यको तर्फबाट एक र शिक्षकमध्येबाट एक गरी दुईलाई नियुक्ति गरी सभामा अनुमोदनका लागि सिफारिश गरिन्छ ।

कामकाज ठप्प 

कार्यकारी परिषद्ले पूर्णता नपाउँदा विश्वविद्यालयका गतिविधि ठप्प हुने गरेका छन् । विभिन्न परिस्थितिमा आपत्कालीन निर्णय गरेर काम गर्ने अधिकार, रु एक लाखभन्दा बढीका कारोवारहरु गर्नुपर्ने अवस्थामा कार्यकारी परिषद्ले निर्णय गर्नुपर्ने भए पनि कार्यकारी परिषद्ले नै पूर्णता नपाउँदा यी कामहरु ठप्प हुने गरेको डा पन्थीले बताउनुभयो । परिषद्ले पूर्णता नपाउँदा विश्वविद्यालयका नीतिगत निर्णयसमेत हुनसकेका छैनन् । 

सभाले गरेका निर्णय र निर्देशन कार्यान्वयन गर्ने, सभामा प्रस्तुत हुने कार्यक्रम, बजेट, प्रगति विवरण, लेखापरीक्षण प्रतिवेदन र अन्य प्रस्ताव तयार गर्ने, विश्वविद्यालयलाई प्राप्त दान–दातव्य ग्रहण गर्ने, विश्वविद्यालयको कोष र चलअचल सम्पत्तिको संरक्षण गर्ने र सभाको नीति तथा निर्देशनभित्र रहि आवश्यकतानुसार बेचबिखन गर्ने, विश्वविद्यालयअन्तर्गत सञ्चालित कार्यहरूको रेखदेख गर्ने, विश्वविद्यालयसम्बन्धी नियमहरूको मस्यौदा तयार गर्ने र सभामा पेश गर्ने, विश्वविद्यालयका शिक्षक तथा कर्मचारी एवं विद्यापीठका प्राचार्यहरूको नियुक्ति गर्ने, शैक्षिक तथा प्रशासनिक कामका लागि आवश्यक शिक्षक तथा कर्मचारीको दरबन्दी तोक्ने अधिकार कार्यकारी परिषद्ले प्राप्त गर्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले