पढ्न करिब 1 मिनेट लाग्छ
<p>फागुन २३, कपिलबस्तु । प्रहरीले नेकपा विप्लव समूहका नेता दुर्गाबहादुर रोकाको घरमा छापा मारेको छ ।<br></p><p>अवैध हातहतियार राखेको सूचनाका आधारमा प्रहरीले शिवराज नगरपालिका –९ स्थित रोकाको घरमा छापा मारेको हो । बिहीबार विहानै प्रहरी टोलीले घर घेरा हालेपछि विप्लव समूहका नेता रोका भाग्न खोज्दा गोली चलाइएको छ । प्रहरीको गोली लागेर उनी घाइते भएका छन् । खुट्टामा गोली लागेका रोकालाई उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवलमा लगिएको छ ।</p><p>उनको घरकाट प्रहरीले एसएमजी, तीन थान म्यागजिन र चाइनिज पेस्तोल बरामद गरेको छ । प्रहरीले विप्लवका समेत गाउँ रहेको शिवगढीका झण्डै एक दर्जन घरमा खानतलासी गरेको छ । </p>

