२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

निर्माण भएको १४ वर्ष बितिसक्दा पनि बसपार्क सञ्चालन भएन

२३ फाल्गुन २०७५, बिहीबार ०८:५७

फागुन २३, लहान । लहान नगरपालिका–३ मा निर्माण भएको बसपार्क १४ वर्ष बितिसक्दा पनि सञ्चालन नहँुदा राजमार्गमै सवारी साधन अव्यस्थित तरिकाले पार्किङ गर्न व्यवसायी बाध्य छन् । 

सम्बन्धित निकायको उदासीनताका कारण गत २०६१ सालदेखि निर्माण शुरु गरिएको बसपार्कमा अधिकांश भौतिक पूर्वाधार निर्माण सम्पन्न भइसके पनि सञ्चालन नहुँदा लामो तथा छोटो दूरीमा चल्ने बस मुख्य सडकमै पार्किङ गर्ने गरेका हुन् । 

बसपार्क सञ्चालन नहँुदा सडकमै जताततै सवारी साधन पार्किङ हुने गरेकाले सवारी साधनको आवागमनमा समस्या हुनाका साथै दुर्घटनासमेत हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाका प्रमुख प्रहरी निरीक्षक मिलन बस्नेत बताउनुहुन्छ । 

लहान नगरपालिकाले स्थानीय निजी कम्पनी लहान ट्रान्सपोर्ट टर्मिनल म्यानेजमेन्ट कम्पनीलाई गत २०६१ सालमा बसपार्क सञ्चालन गर्न सम्झौता गरेको थियो । तर २०६२÷६३ को जनआन्दोलनपश्चात् तत्कालीन पदाधिकारीहरु हटेपछि सो निर्माण कार्य पनि बन्द भएको थियो । रु सात करोडको लागतमा बसपार्कसम्म जाने ग्राभेल सडक, काउण्टर, पसलहरु सञ्चालन गर्ने सटरहरु, शौचालय तथा प्रहरी बिट निर्माण भइसकेको निर्माण कम्पनीले जनाएको छ । 

लहानस्थित सप्तऋषि नर्सिङ होमदेखि १०० मिटर दक्षिणमा करीब तीन बिगाहा क्षेत्रफलमा निर्माण भएको बसपार्कबाट बस सञ्चालन गर्न पटक पटक पहल भए पनि बस व्यवसायीको दबाबमा अझै बस सञ्चालन नहँुदा निर्माण भएका भौतिक पूर्वाधारहरु प्रयोगविहीन भएको छ । 

“निर्माण शुरु गरेको दुई वर्षभित्रै जग्गा खरीद गरेर सडक र बसपार्कमा भौतिक पूर्वाधारहरु निर्माण गरिसकेका छौँ,” कम्पनीका सञ्चालक समितिका सदस्य विनोद साहले भन्नुभयो, “बसपार्क निर्माण भएपछि केही वर्षअघि चार÷पाँच महीना जति बसपार्कबाट बसहरु सञ्चालन भएको थियो तर त्यसपछि बस व्यवसायीको दबाबमा बन्द भएको हो ।” 

नगरपालिका र आफूहरुबीच ३५ वर्षका लागि बसपार्क सञ्चालन गर्ने सम्झौता भएकाले यही बसपार्कबाट बस सञ्चालन गर्न नगरपालिकाका जनप्रतिनिधिहरुसँग पटक पटक आग्रह गरेको सञ्चालक समिति सदस्य साहको कथन छ । आफूहरुसँगको छलफलका क्रममा नगरपालिकाका प्रमुख मुनी साहले बसपार्कबाट बस सञ्चालन गर्न पहल र प्रयत्न गरिने प्रतिबद्धता जनाएको साह बताउनुहुन्छ । बसपार्कमा करीब ६०० सवारी साधन पार्किङ गर्न सक्ने क्षमता रहेको कम्पनीको दाबी छ । 

उक्त बसपार्क लामो समयसम्म पनि सञ्चालन नभएपछि लहान नगरपालिका–१ स्थित सिङ्गराहीमा नगरपालिकाले नयाँ बसपार्क निर्माण थालेको लहान नगरपालिकाका इञ्जिनीयर तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत शत्रुधन चौधरीले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान