फागुन २३ काठमाडौँ । नेपाल बैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन आउँदो चैत्र २६ गते हुने भएको छ । चैत्र २६ गतेलाई निर्वाचन गर्ने परम्परालाई निरन्तरता दिन उचित हुने ठहर गरि वर्तमान कार्यसमितिले चैत्र २६ गते नै संघको निर्वाचन गर्ने निर्णय गरिएको संघका अध्यक्ष रोहन गुरुङ र महासचिव नरेश गेलानद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
संघको कार्यसमिति पदाधिकारीको कार्यकाल २ वर्षको रहने व्यवस्था छ । यस अघि विमल ढकाललाई ९३ मतले पराजित गर्दै रोहन गुरुङ विजयी भएका थिए ।
