२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पत्रकार महासंघ पर्वतलाई बाराही ईन्टरनेटले निशुल्क ईन्टरनेट प्रदान गर्यो…

२०७५, २४ फाल्गुन शुक्रबार ०२:२२

पर्वत । देशका बिभिन्न जिल्लामा जस्तै पर्वतमा पनि सेवा प्रदान गरिरहेको बाराही ईन्टरनेट टेक्नोलोजिज प्रा. लि. ले नेपाल पत्रकार महासंघ पर्वतको कार्यालयमा निशुल्क रुपमा ईन्टरनेट जडान गरिदिएको छ ।


पत्रकारले समाजमा सूचना प्रवाह गर्नको लागि खटीरहेको र यस खटाईका लागि सूचना, संचार तथा प्रबिधिको आवश्यकता पर्ने भएकोले महासंघको कार्यालयमा निशुल्क ईन्टरनेट सेवा दिइएको प्रा.लि.का पर्वत शाखाका प्रमुख अच्युत पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार अप्टीकल फाईबर मार्फत इन्टरनेट जडान गरी पत्रकार महासंघलाई हस्तान्तरण गरेको छ ।


पर्वतमा इन्टरनेटको पहुँच पुग्न कठिन रहेका दुर्गम ठाउँमा समेत बाराही कम्पनीले ईन्टरनेट बिस्तार गरेर सेवा प्रदान गरिरहेको छ । कम्पनीले पर्वतको कुश्मा नगरपालिका सहित मोदी गाउँपालिका, फलेवास नगरपालिका, महाशिला गाउँपालिका, जलजला गाउँपालिका र बागलुङ जिल्लाका बिभिन्न ठाउँमा पनि ईन्टरेनटको पहुँच पु¥याएको पर्वत शाखाका प्रमुख पौडेलले जानकारी दिनुभयो ।


बाराही ईन्टरनेटको प्रधान कार्यालय पोखरामा रहेको छ । कम्पनीले पोखरा सहित देशका बिभिन्न जिल्लाका बिकट ठाउँहरुमा पनि सूचना प्रबिधिको पहुँच पु¥याएको कम्पनी प्रमुख रबिन सुवेदीले जानकारी दिनुभयो । सुवेदीका अनुसार कम्पनीले स्मार्ट सिटीको अवधारणा अनुसार बिभिन्न शहरहरुमा आई. सि.टी. को काम गरिरहेको छ ।

भने पर्वतमा पनि यस संस्थाले आम नागरीकलाई इन्टरनेटको पहुँच ल्याउने अभियान चलाएको छ । इन्टरनेट जडान भएपछि सुचानकेन्द्र डटकमसँग कुरा गर्दै नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारीले बाराही ईन्टरनेट टेक्नोलोजिज प्रा. लि. लाई धन्यवाद दिनुभएको छ । साथै तिवारीले संस्थाने नेपाल पत्रकार महासंघलाई गरेको सहयोगले पत्रकारीता पेशालाई अझै सहयोग पुग्ने पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित