Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

भारतीय एस एस बिले नेपालको भुमि सुस्तामा ड्रोन क्यामेरा उडायो

By kit 3 मिनेट पढाइ

<p>श्याम थापा | फाल्गुन २४, सुस्ता | नेपालको ऎतिहासिक भुमि एवंम पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाको वार्ड न ५ स्थित सुस्तामा भारतीय सशस्त्र सिमा सुरक्षा बल एस एस बि ले अबैधानिक ढ्ङ्गले सुस्ताको भुमिमा ड्रोन क्यामेरा उडाएको सुस्ताबासीहरुले बताएका छन । </p><p>नेपाल र भारत बीच विवाद रहेको जग्गाबाट भारतीय सशस्त्र सिमा सुरक्षा बल एस एस बि ले यही फाल्गुनको १२ गते देखि सुस्ताबासी बसेको बस्तीहरु र सुस्ताबासीहरुलाई बाढी र डुबानबाट जोगाउन भनेर गरिएको जनताको तटबन्ध निर्माण कार्यहरु तर्फ ड्रोन क्यामेरा उडाएर भारतीय सुरक्षाकर्मीहरुले जाजती गरिरहेको छ । फाल्गुन १२ गते सुस्ताको बस्ती र जोखिम क्षेत्रमा गरिएको तटबन्ध कार्य तिर ड्रोन क्यामेरा उडाएपछी फाल्गुन २१ गतेका दिन भारतीय सशस्त्र सिमा सुरक्षा बल एस एस बि ले सुस्ताबासी कमाल चमारले आफ्नो खेत बनाएको घर भत्काउन पटक पटक धम्की दिइरहेका पीडित कमाल चमारले बताउनु भयो । </p><p>सुस्ताको भुमि र जोखिम क्षेत्रमा भएको तटबन्ध कार्य तिर भारतीय सशस्त्र सिमा सुरक्षा बल एस एस बि ले ड्रोन क्यामेरा उडाएको भन्दै सुस्ताबासीहरुले आफुलाई जानकारी दिएको र आफू मदरबाबा मेलाको सुरक्षामा खटिएको हुँदा सैइको कमान्डमा टोलीहरुलाई ड्रोन क्यामेरा उडाएको क्षेत्र तिर पठाउदा ड्रोन क्यामेरा भारतको भुमि तिर गैइसकेको भनेर आफुलाई जानकारी आएको सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट सुस्ताका सशस्त्र प्रहरी निरीक्षक बिष्णु सोमारे मगरले बताउनु भयो ।<br></p>