१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनक्रान्तिलाई असफल पार्ने खेल, प्रकाण्डमाथि अर्को षडयन्त्र !

२४ फाल्गुन २०७५, शुक्रबार ०९:२४

फागुन २४, काठमाडौं । सरकार नेपाल कम्युनिष्ट पार्टीको एकीकृत जनक्रान्तिको कार्य दिशालाई असफल बनाउने खेलमा लागेको छ । यसै क्रममा उसले नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामाथि धरपकड गर्ने , गिरफ्तार गर्ने र झुठा मुद्दामा फसाउने कार्यलाई तिब्रता दिदै आएको छ भने उक्त पार्टीका महासचिब विप्लब र प्रवक्ता प्रकाण्डमाथि बिभिन्न झुठा आरोपहरु लगाउदै मुद्दा दायर भएको बुझिएको छ । यसै क्रममा ने क पा का प्रवक्तालाई वदनाम गर्न र पुन झुटो मुद्दामा फसाउन सरकारले सम्पूर्ण संयन्त्र प्रयोग गर्न थालेको छ । यतिबेला प्रवक्ता प्रकाण्डलाई फसाउन सरकारले पत्राकार आवरणका दलाल र सिआईडी प्रयोग गरिरहेको पाइएको छ । सरकार यसरी प्रकाण्डको पछाडी हात धोएर लाग्नुको कारण यस्तो रहेको छ : प्रकाण्ड अर्थात खडगबहादुर विश्वकर्मा नेपालको इतिहासमा सनसनी र गौरवशाली क्रान्ति दस वर्षे जनयुद्धका क्रान्तिकारी एवं अथक योद्धको नाम हो । जुन संघर्षबाट अढाई सय वर्षदेखि नेपाली समाजमा सामन्ती सत्ताको रुपमा जरा गाडेर बसेको राजतन्त्रको अवसान गरियो । २०५२ साल फागुन १ बाट औपचारिक रुपमा शुरु भएको जनयुद्ध दस वर्ष चल्यो । जसले नेपालमा राज्यसत्ताको ढाँचा कस्तो हुने ? भन्ने तरंग पैदा गराउन सफल पनि भयो । तर २०६३ मा पुग्दा शान्तिप्रक्रिया नामक बाटोबाट तत्कालीन जनयुद्धका नेतृत्व प्रचण्ड जनयुद्धमा अस्वीकार गरिएको संसदीय शासन प्रणालीमै फर्किएपछि देश र जनताको पूर्ण मुक्तिको क्रान्ति बिच बाटोमै अलपत्र हुन पुग्यो र परिवर्तनकामी नागरिक निराश भए । त्यही परिवेशमा जनयुद्धकै ईमान्दार राष्ट्रवादी पंक्ति युवा नेता विप्लवको नेतृत्वमा गोलबन्द हुँदै अलपत्र छाडिएको नेपाली क्रान्तिको झण्डा उठाउन शुरु गर्यो । त्यो अहिले नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा)को नेतृत्वमा २०७३ फागुनदेखि घोषितरुपमा एकीकृत जनक्रान्तिको राजनीतिक कार्यदिशाका साथ देशमा परिवर्तनको क्रान्ति जारी राखेको छ ।

यसबिचमा ने.क.पा.ले प्रचण्डहरुले आयोजना गरेका स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई सशक्त बहिष्कार गर्दै ‘जनताको सत्ता जनपरिषद्’ समेत गठन गरेर संचालनमा ल्याएको छ । राजनीतिक दस्तावेजमा उसले ‘जनअदालत र जनमुक्ति सेना’को व्यवस्था प्रष्टसँग गरिएको छ । प्रकाण्ड त्यही ने.क.पा.का प्रभावशाली नेता हुन् । उनी अहिले पार्टी पाँच सदस्यीय स्थायी समिति सदस्यमध्येका एक हुन् भने पार्टी प्रवक्ता पनि उनै छन् । साथै आर्थिक विभागप्रमुखको जिम्मेवारी पनि दिइएको छ ।

सोही कारण गत साउन २२ गते काठमाडौंको टौदहनजिक चाल्नाखेलबाट सीआईबीको टोलीले प्रकाण्डलाई गिरफ्तार गर्यो । उनलाई मुख्यगरी त्यसबेला ‘चन्दा’को अभियोग लगाइयो । तर सर्वोच्च अदालतले उनलाई निर्दोष सावित गर्दै रिहा गर्न आदेश दियो । त्यसबाहेक पनि सरकारले ‘चन्दा’ संकलन गरेर नीजि सम्पत्ति जोडेको भन्ने कथित आरोप लगाएर सम्पत्ति शुद्धिकरणको मुद्दा चलाउन प्रहरीलाई ईसारा नदिएको कहाँ हो र ? त्यसमा सरकार असफल भयो । तर अन्यत्र मुद्दा भएको देखाउँदै काभ्रे, नुवाकोट, भोजपुर, दाङ, संखुवासभा र उदयपुर जिल्ला घुमाउँदै ५० दिन प्रहरी हिरासतमा राख्ने काम गर्यो । उनलाई सबैतिरको अभियोगमा प्रमाण नपुगेको भन्दै सर्वोच्चले निर्दोष रहेको फैसला गरिदियो । अन्ततः रिहा गर्न ओली सरकार बाध्य भयो ।

शुरुमा लगाइएको ‘चन्दा’ अभियोगका क्रममा प्रवक्ता प्रकाण्डलाई सम्पत्तिको शुद्धिकरण मुद्दा चलाउन नखाजेको होइन सरकारले तर त्यसमा पनि प्रमाण भेटाउन नसकेपछि सरकार पछि हट्यो र विभिन्न मुद्दामा काठमाडौंबाट अन्यत्रै जिल्लाहरुमा घुमाउन थाले । अनुसन्धानका लागि म्याद थप गर्न काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने क्रममा प्रकाण्डले आफू जनयुद्धका सहिद परिवार सदस्य भएको र आवश्यक परे देशको स्वाधीनता र जनताको पूर्ण अधिकारको लागि बलिदान दिन तयार भएर क्रान्तिमा लामवद्ध भएको प्रतिक्रिया संचारकर्मीलाई दिए । जनयुद्धका बेला पनि प्रचण्डहरुले आर्थिक सहयोग र जनताकै खाएर बाँचेका कसैबाट छिपेको छैन । आफूहरु क्रान्तिकारी पार्टीको सिपाही भएकाले जनताबाट प्राप्त आर्थिक सहयोगलाई सहर्ष स्वीकार गरेको र त्यसलाई राज्यले गलत व्याख्या गरेर फसाउन खोजेको जवाफ अदालत परिसरमै उनले सटिकरुपमा दिए । त्यसबाट विरोधीहरुको मुखमा बुझो लाग्न पुयो ।

स्मरण रहोस् जनयुद्धकै बेला माओवादीले आर्थिक संकट टार्न भन्दै देशभर सरकारी स्वामित्वको बैंक र शाखाहरुमाथि आक्रमण गरी नगद र जिन्सी कब्जा गर्ने काम भए । त्यसबेला राष्ट्रिय वाणिज्य र कृषि विकास बैंकलाई मुख्य टार्गेट बनाइयो ।

आज एक क्रान्तिकारी पार्टीका जिम्मेवारी नेताको भूमिकामा रहेका नेता प्रकाण्डमाथि ‘अकुत सम्पत्ति’ राखेको प्रायोजित सूचनाको भरमा राज्यले फेरि अभियोग लगाउने प्रपञ्च रचेको देखिन्छ । प्रकाण्ड जनयुद्धका सहिद परिवार सदस्य हुन् । बाबु पहलबहादुर र आमा भारतीका तीन छोरा र दुई छोरी सन्तानमध्ये प्रकाण्ड जेठा हुन् । माइला भाई सिंहबहादुर विक ‘कोपिला’ २०६० को म्याग्दी आक्रमणमा सहिद भएका थिए भने कान्छा भाई अमरबहादुर विक ०५६ सालमा कालिकोटमा सहिद भए । बहिनी गोरीकला ‘मानुषी’को २०७० सालमै मृत्यु भइसकेको छ । आमाको केही वर्षअघि निधन भइसकेको छ । श्रीमती कलशा विक र माइली बुहारी पार्टीमै महत्वपूर्ण जिम्मेवारी लिएर काम गरिरहेकी छिन् ।

अहिले घरमा बुबा र बहिनी मात्र बस्छन् । किसानी पेशाबाटै दैनिक गुजरा गर्दछन् । जनयुद्धकालमै उनले आफूले घरबाट पाएका सम्पत्ति पार्टीकरण गरेका थिए । शान्तिप्रक्रियापछि गठित गिरिजा कोइराला नेतृत्वको सरकारमा पर्यटन मन्त्री बनेका नेता प्रकाण्डले कहिल्यै व्यक्तिगत स्वार्थमा लागेनन् । सम्पत्तिको लोभ पनि उनमा पलाएन । त्यसपछि पनि उनी दुईपटक मन्त्री भए । जनताकै पक्षमा काम गरे । बरु जनयुद्धका बेला सरकारी फौजबाट बचाउन कालिकोटवासीले घरभित्रै लौका र चिचिण्डोमा पिसाब फेराएर जोगाएका प्रचण्डहरु संसदीय व्यवस्थामा छिरेर सम्पत्ति थुपारेर अवसरवादी बनेको तर प्रकाण्ड सर्वहारा जनताकै माझ्मा रहेर क्रान्ति र वर्गको पक्षमा अडिग रहेको नजिकबाट चिन्ने धनराज विक बताउँछन् ।

जनयुद्धकालमा छिमेकीको १२ घरसहित उनको दुई वटा घरमा तत्कालीन शाही सेनाले २०५८ सालमै आगो लगाएर खरानी पारे । अहिले पनि बाबु र बहिनी जन्मथलो मालकोटको सल्लारुखस्थित गोठमा बस्दै आइरहेका छन् । नीजि सम्पत्तिको नाममा प्रकाण्डको केही छैन । त्यो कुरा स्थानीय धनराज विकले यसअघि नै एक आलेखमार्फत प्रष्ट पारेका छन् । अहिले पनि त्यो कुरा उनी दोहोर्याउँछन् । प्रकाण्डले आफू मन्त्री रहेको अवस्थामा पनि बाबुआमालाई कहिल्यै काठमाडौं राखेनन् । देश र जनताको समृद्धि नभएसम्म व्यक्तिगत सुख सुविधाले केही नहुने भन्दै बाबुआमा त्यही झुपडीमा फर्किए । आमा भारती त्यही घरमा बितिन् । हुन पनि नेकपाले भन्दै आएजस्तै देशको समृद्धिको सपना भ्रष्टाचार र दलालीले छोपिन पुग्यो ।

जनयुद्धका तिनै क्रान्तिकारी होनाहार नेतालाई वर्तमान गणतन्त्रवादी कम्युनिस्ट सरकारले हैरानी दिन छाडेको छैन । अहिले प्रकाण्डमाथि ऊबेलै झुठा सावित भइसकेका सम्पत्ति शुद्धिकरणको अभियोग लगाउने तयारी गरिरहेको बुझिएको छ । मन्त्री हुँदाका बखतभन्दा अहिले उनले बढी ‘सम्पत्ति जोडेको’ र त्यसको ‘स्रोत नखुलेको’ अफवाह फैलाइएको छ । त्यसमा ने.क.पा. र तिनका नेतृत्वविरुद्ध निरन्तर खोइरो खन्ने मुठ्ठीभर संचारकर्मी प्रयोग भइरहेको सूचना पार्टीमा आइरहेको ने.क.पा.का एक नेताले बताए । उनीमाथि मुख्यगरी पार्टीले चलाइरहेको आर्थिक कारोबार विषयलाई लिएर बाम्बार प्रहार गर्ने र बद्नाम गराएर चरित्र हत्या गराउने कलुषित मनोभावनाबाट विरोधीहरुले दुष्प्रचार गराइरहेको पार्टीको बुझाई रहेको ती नेताको भनाई छ । त्यसबारे खोजबिन भइरहेको पनि उनले बताए । प्रकाण्ड पार्टीको आर्थिक विभाग प्रमुख समेत हुन् । सिंगो पार्टी जीवन चलाउन त्यसमा पनि समानान्तर सत्ताको अभ्यास गरिरहेको पार्टीमा ठूलो मात्रामा आर्थिक कारोबार हुनुलाई अन्यथा मान्न नहुने उनी बताउँछन् ।

‘जति आर्थिक स्रोत छन् ती सबै पार्टीका हुन् । व्यक्ति त आवश्यकता अनुसार परिवर्तन भइरहन्छन्’ एक केन्द्रीय नेताले भने ‘त्यही विषयलाई ईस्यू बनाएर सम्पत्ति जोडेको भनेर लाञ्छना लगाउनु गम्भीर षडयन्त्र हो । यसमा पार्टी सेचत छ ।’ पार्टीको लोकप्रियता र आवश्यकता मुलुकमा अनिवार्य बन्दै गएपछि त्यसबाट आत्तिएर विरोधी तत्वहरुले पार्टी र पार्टीका जिम्मेवार तहमा रहेका नेताहरुमाथि हिलो छ्याप्ने र क्रान्तिलाई कमजोर पार्ने षडयन्त्र भइरहेकोले सिंगो पार्टी पंक्ति सजगका साथ अघि बढिरहेको उनले बताए । दुष्मन चलाउने गलत प्रचार र भ्रामक हल्लाको पछाडि नलागी तोकिएको जिम्मेवारी पूरा गर्दै जनताको आफ्नै सत्ता वैज्ञानिक समाजवाद स्थापना गर्नेतर्फ केन्द्रित हुन समेत उनले सबैसँग अपिल गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो भारतको आसाममा भएको झडपमा दुई जनाको मृत्यु, ४० भन्दा बढी घाइते केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ निर्वाचन हुने÷नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु