२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

माछापालनमा लगानी

२५ फाल्गुन २०७५, शनिबार ०३:५७

फागुन २५, बलेवा | ताराखोलामा रेम्बो ट्राउट माछापालन शुरु गरेका उद्यमीले लगानी बढाउने अभियान थालेका छन् । 

उद्यमीले करोड लगानी पुर्याउने योजना अगाडि सारेको व्यवसायीले बताए । रु १५ लाखमा काम थालेका उद्यमी पहिलोपटकको उत्पादन, बजारको माग र मूल्यबाट खुशी भएर लगानी बढाएका हुन् । 

ताराखोला गाउँपालिका–४ मा सञ्चालित ‘ताराखोला बहुउद्देश्यीय रेम्बो ट्राउट माछा फार्म’मा वित्तीय संस्थाले पनि लगानी बढाएका छन् । गण्डकी प्रदेशसभा सदस्य दीपा रोकासहित चार जनाले यो फार्ममा लगानी गरेका छन् । बागलुङ बजारका सुवास राजभण्डारी, ताराखोलाका जितबहादुर खत्री र दिवस खत्रीले चलाएको फार्ममा एकै याममा एक लाख माछा पाल्न सक्ने गरी क्षमता बढाउन लागिएको हो । 

पहिलो याममा १२ हजार ४५० बाट शुरु भएको फार्ममा दोस्रो याममा दोब्बर बनाइएको थियो । पानीको पर्याप्त सम्भावना भएकाले जग्गा खरीद गरेर उत्पादन क्षमता पाँच गुणा बनाउन लागेको राजभण्डारीले बताउनुभयो । “गाउँ तहमै हरेक कृषि फसल उत्पादन गर्ने, पाहुनाले सुविधा सम्पन्न होटल र रेष्टुराँमा खान बस्न पाउने व्यवस्था पनि गर्दैछौँ” राजभण्डारीले भन्नुभयो, “हरेकले लगानी गरेर उत्पादन गर्न सक्ने बनाउन बाटो देखाएका हौँ ।” शुरुमा पोखरा र अन्य शहरी क्षेत्रमा बजार खोज्ने अभियान बनाएका उनीहरुले गाउँघर र बागलुङभित्रै धेरै खपत हुने देखेपछि लगानी बढाएको बताए । 

ट्राउट माछा भनेपछि ताराखोला पुग्ने हरेकले खाने योजना बनाउँछन् । सदरमुकाममा पनि थोक पसल सञ्चालन गरेर बिक्रीको प्रबन्ध गरिसकिएको रोकाले बताउनुभयो । “माग गरेकालाई तत्काल पु¥याउन नसकिएकाले डेढ लाख भुरा पु¥याउने लक्ष्य बनाएका छौँ”, रोकाले भन्नुभयो, “त्यसका लागि जमीन र पानीको स्रोत व्यवस्थापन गर्दैछौँ । तीनवटा पोखरी थपेपछि उत्पादन बढाउन निर्माणको काम शुरु भएको छ ।” 

लगानीका लागि वित्तीय संस्था सहमत भएपछि केही समयमै काम सक्ने लक्ष्य उनीहरुको छ । सोचेजस्तै व्यवसाय सञ्चालन गर्न सकेमा गाउँमै १० जनासम्म युवालाई रोजगारी दिन सकिने खत्रीले बताउनुभयो । माछा फार्मसँगै रेष्टुराँ सञ्चालन गर्ने उनीहरुको योजना छ । आर्कषक गन्तव्यका लागि सदरमुकामदेखि भ्रमण र वनभोजका लागि आउनेलाई बस्ने खाने व्यवस्थाको होटल र रेष्टुराँ बनाउन स्थानीयलाई समेत जागरुक बनाउन लागेको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो । ––– 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै