2026-09-14 05:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

माछापालनमा लगानी

फागुन २५, बलेवा | ताराखोलामा रेम्बो ट्राउट माछापालन शुरु गरेका उद्यमीले लगानी बढाउने अभियान थालेका छन् । 

उद्यमीले करोड लगानी पुर्याउने योजना अगाडि सारेको व्यवसायीले बताए । रु १५ लाखमा काम थालेका उद्यमी पहिलोपटकको उत्पादन, बजारको माग र मूल्यबाट खुशी भएर लगानी बढाएका हुन् । 

ताराखोला गाउँपालिका–४ मा सञ्चालित ‘ताराखोला बहुउद्देश्यीय रेम्बो ट्राउट माछा फार्म’मा वित्तीय संस्थाले पनि लगानी बढाएका छन् । गण्डकी प्रदेशसभा सदस्य दीपा रोकासहित चार जनाले यो फार्ममा लगानी गरेका छन् । बागलुङ बजारका सुवास राजभण्डारी, ताराखोलाका जितबहादुर खत्री र दिवस खत्रीले चलाएको फार्ममा एकै याममा एक लाख माछा पाल्न सक्ने गरी क्षमता बढाउन लागिएको हो । 

पहिलो याममा १२ हजार ४५० बाट शुरु भएको फार्ममा दोस्रो याममा दोब्बर बनाइएको थियो । पानीको पर्याप्त सम्भावना भएकाले जग्गा खरीद गरेर उत्पादन क्षमता पाँच गुणा बनाउन लागेको राजभण्डारीले बताउनुभयो । “गाउँ तहमै हरेक कृषि फसल उत्पादन गर्ने, पाहुनाले सुविधा सम्पन्न होटल र रेष्टुराँमा खान बस्न पाउने व्यवस्था पनि गर्दैछौँ” राजभण्डारीले भन्नुभयो, “हरेकले लगानी गरेर उत्पादन गर्न सक्ने बनाउन बाटो देखाएका हौँ ।” शुरुमा पोखरा र अन्य शहरी क्षेत्रमा बजार खोज्ने अभियान बनाएका उनीहरुले गाउँघर र बागलुङभित्रै धेरै खपत हुने देखेपछि लगानी बढाएको बताए । 

ट्राउट माछा भनेपछि ताराखोला पुग्ने हरेकले खाने योजना बनाउँछन् । सदरमुकाममा पनि थोक पसल सञ्चालन गरेर बिक्रीको प्रबन्ध गरिसकिएको रोकाले बताउनुभयो । “माग गरेकालाई तत्काल पु¥याउन नसकिएकाले डेढ लाख भुरा पु¥याउने लक्ष्य बनाएका छौँ”, रोकाले भन्नुभयो, “त्यसका लागि जमीन र पानीको स्रोत व्यवस्थापन गर्दैछौँ । तीनवटा पोखरी थपेपछि उत्पादन बढाउन निर्माणको काम शुरु भएको छ ।” 

लगानीका लागि वित्तीय संस्था सहमत भएपछि केही समयमै काम सक्ने लक्ष्य उनीहरुको छ । सोचेजस्तै व्यवसाय सञ्चालन गर्न सकेमा गाउँमै १० जनासम्म युवालाई रोजगारी दिन सकिने खत्रीले बताउनुभयो । माछा फार्मसँगै रेष्टुराँ सञ्चालन गर्ने उनीहरुको योजना छ । आर्कषक गन्तव्यका लागि सदरमुकामदेखि भ्रमण र वनभोजका लागि आउनेलाई बस्ने खाने व्यवस्थाको होटल र रेष्टुराँ बनाउन स्थानीयलाई समेत जागरुक बनाउन लागेको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो । ––– 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ