फागुन २६, काठमाडौं । नेपाल बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा शुक्रबार भएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २६, काठमाडौं । नेपाल बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा शुक्रबार भएक"/>
2026-09-04 10:12 AM
काठमाडौँ - KTM

म्यानपावर ठप्प पारेर बैदेशिक रोजगार व्यवसायीहरुको वृहत भेला, सरकारसँग सुरक्षा माग

फागुन २६, काठमाडौं । नेपाल
बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा शुक्रबार भएको विष्फोटको
घटनामा संलग्नलाई कडा कारवाही गर्न म्यानपावर व्यवसायीले सरकारको ध्यानाकर्षण
गरेका छन्। विष्फोटको घटनालाई लिएर आइतबार बसेको व्यवसायीको वृहत भेलाले सरकारको ध्यानाकर्षण 
गराउंदै व्यवसायीको सुरक्षाको माग गरेका छन् ।

नेत्रविक्रम चन्द विप्लबनेतृत्वको
नेकपाले संघका अध्यक्ष रोहन गुरुङको घरमा शुक्रबार बम विष्फोट गराएको थियो ।
घटनाको विरोध र दोषीमाथि कारवाहीको माग गर्दै संघले नै आइतबार म्यानपावरहरु बन्द गरेका
हुन् ।

व्यवसायी भेलामा संघका अध्यक्ष रोहन गुरुङले
आफ्नो घरमा भएको घटनालाई जोडेर युवा संघठन नेपालले निकालेको विज्ञप्तिलाई सरकारले
गम्भीर रुपमा लिनुपर्ने बताए। संगठनले भनेजस्तै त्यहि संगठनले घटना गराएको भए
नेपाल सरकारले बुझ्नुपर्छ, यस्तो घटना बैदेशिक रोजगार व्यवसायीको मात्र होइन,
नेपाल भित्र बसोबास गर्ने सम्पूर्ण नागरिकको समस्या हो उनले भने “सरकारले कि त
यस्ता घटनामा संलग्नलाई वार्तामा ल्याई समस्या समाधान गर्नुपर्यो, होइन भने यस्ता
गतिविधि समाप्त पार्नुपर्यो।’’

घटनाको बारे व्यवसायीलाई जानकारी दिंदै गुरुङले
भने “युवा संगठन नेपाललको लेटरहेड प्रयोग गरि सहयोगको लागि संघमा चिट्ठी आएको थियो
,
तर
सरकारले मलेसिया रोजगारी बन्द गरेको
, धरौटी बढाएर राज्यले नै व्यवसायीलाई
प्रहार गरिरहेको अवस्थामा सहयोग गर्न नसक्ने अवस्था रहेको बताएको थिएँ।’’ उनीहरुले
खुलाएर रकम माग नगरेको अवस्था र संघले पैसा नदिएपछि संगठनले आँफै आएर लेटर फिर्ता
लगेका हुन् गुरुङले भने “पत्र लागेको केहि महिनापछि आफ्नै घरमा एकासी विष्फोट
हुनु त्यसको भोलिपल्ट घटनाको जिम्मेवारी लिएको भन्दै विज्ञप्ति आउँदा थप स्तप्ध भएको
छु।’’

भेलालाई सम्बोधन गर्दै गुरुङले सम्पूर्ण
व्यवसायीहरुको सुरक्षाको ग्यारेन्टी सरकारले लिन आग्रह गरे। उनले सरकारले नीतिगत
अव्यवहारिक निर्णय परिमार्जन गरि व्यवसायीका जायज माग सम्बोधन गर्न पनि सरकारको
ध्यानाकर्षण गरे। सरकारले बैदेशिक रोजगार ऐन संसोधन मार्फत व्यवसायीको कुरा नसुनी एकतर्फी
धरौटी बढाएको प्रति असन्तुष्टि जनाउंदै धरौटी रकम व्यवसायीकै बैंक खातामा राख्ने
व्यवस्था गर्न
, म्यानपावर कम्पनी मर्जरमा जाँदा केहि सहुलियत
दिने गरि कार्यविधि बनाउन पनि सरकारको ध्यानाकर्षण गराए। सरकारले व्यवसायीका जायज
माग सम्बोधन गर्दैन भने व्यवसायीले नै श्रममन्त्रीको राजीनामा माग गर्न सक्नुपर्ने
उनले बताए।


सघका पुर्व अध्यक्ष बिमल ढकालले विष्फोट
घटनालाई सानो रुपमा लिन नहुने भन्दै व्यवसायी कोहि कसैलाई त्यस्ता प्रकारका जानकारी
आएको भए लुकाएर बस्न नहुने बताए। कसैले कसैमाथि भौतिक आक्रमण गरेर समस्या समाधान
नहुने भन्दै ढकालले विष्फोट घटनाका संलग्न जो कोहि पनि शान्तिपूर्ण वार्तामा आएर
समस्या समाधान गर्नुपर्ने बताए। उनले विष्फोट घटनाको वास्तविक छानविन गरि दोषीलाई
कानूनी कारवाही गर्नुपर्नेमा जोड दिए।

सरकारले व्यवसायीलाई समाप्त पार्ने गरि
पेलिरहेको अवस्थामा अर्को संगठन बलियो छ भनेर देखाउन व्यवसायीलाई निशाना बनाएर
आक्रमण गरिएको बताए।


प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चका
अध्यक्ष चित्रसाँवा लिम्बुले रोहन गुरुङको घरमा भएको आक्रमण आम व्यवसायी माथिको
आक्रमण भएको भन्दै उनले व्यवसायीको सुरक्षाको व्यवस्था सरकारले गर्नुपर्नेमा जोड
दिए। सरकारले यस्ता घटनालाई सरकारले गम्भीरता साथ लिनुपर्छ नलिए आउने परिणामको
जिम्मेवारी राज्यले लिनुपर्ने बताए।

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी
फोरमका अध्यक्ष हंसराज वाग्लेले व्यवासायीको विरुद्ध भएको घटनालाई सरकारले
गम्भीरताका साथ लिनुपर्ने धारणा राखे।

प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्च
नेपालका संस्थापक अध्यक्ष सरोज पोखरेलले विष्फोट घटना मानवीय क्षति गराउने उदेश्यका
साथ त होइन भन्ने आशंका रहेको बताए। उनले यस घटनालाई व्यवसायी माथिको प्रहारको रुपमा
संज्ञा दिंदै यस्ता घटना विरुद्ध आम व्यवसायीको एकता आवश्यक रहेको उल्लेख गरे।

पछिल्लो घटनाक्रम बारे व्यवसायी सघको नेतृत्वमा
गएको एक टोलीले आज नै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको धनाकर्षण गराएका
छन् । व्यवसायीको भेटमा मन्त्री विष्टले घटनाको सत्य तथ्य छानविन गरि दोषीलाई
कारवाही गर्न सरकार प्रतिवद्ध रहेको बताएको संघका सचिव ईश्वर जिसीले जानकारी दिए।
मन्त्री विष्टले घटनामा भएको क्षतिपुर्तिको लागि सरकारले सहयोग गर्ने आश्वाशन
दिएको जिसीले बताए।    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ