2026-10-20 11:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चार वर्षमा आधा पनि बनेन पुल

नारायण अधिकारी | फागुन २७, चितवन | भरतपुर महागनरपालिका–१ ठिमुरा र तनहुँको देवघाट गाउँपालिका जोड्ने पुल निर्माण सम्झौता गरिएको चार वर्ष बितिसक्दा पनि ४५ प्रतिशत मात्र काम भएको छ । सरकारी कर्मचारीको उदासिनता र ठेकेदार कम्पनीको बेवास्ताका कारण पुल निर्माणमा ढिलाइ भएको हो । 

विसं २०७१ कात्तिक १९ गते रु १६ करोडको लागतमा ठेक्का दिइएकोमा पछि नक्साङ्कन संशोधन (डिजाइन रिभ्यू) पछि लागत बढेर रु २१ करोड ६८ लाख पुगेको थियो । पुल शिलान्यासको तीन वर्षमा काम सम्पन्न गर्नुपर्नेमा विभिन्न कारण देखाउँदै समय थप गरिएको छ । 

डिभिजन सडक कार्यालय चितवनका निमित्त प्रमुख गिताञ्जली कोइरालाका अनुसार थपिएको समय आउँदो वैशाख ९ गते सकिँदैछ । तर, हालसम्म ४५ प्रतिशत मात्र काम भएको उहाँले बताउनुभयो । कोइरालाले नक्साङ्कन संशोधनमा १८ महीना लागेको, भूकम्पले छ महीना काम गर्न नसकेको र नाकाबन्दीका कारण तीन महीना ढिला भएको बताउनुभयो । थपिएको समय सकिनलाग्दा र ठेक्कापछि नक्साङ्कन परिवर्तन गरी रकम थप गर्दा पनि काम हुन सकेको छैन । 

इलाइट, एड्भेन्जर र इन्द्रेणी जेभी गरी तीन कम्पनी मिलेर संयुक्तरूपमा पुल निर्माणको जिम्मेवारी लिएका छन् । ठिमुरा र देवघाटलाई जोड्ने पुललाई विशेष पुलका रूपमा लिइएको छ । ठिमुरा–देवघाट पक्की पुल निर्माण उपभोक्ता समितिका उपाध्यक्ष टङ्कनाथ पौडेलले पर्याप्त बजेट र प्राविधिक कठिनाइका कारण समयमा पुल बन्न नसकेको बताउनुभयो । सम्बन्धित निकायलाई घचघच्याउने काम भइरहेको भए पनि शुरुमा ढिला गरी काम शुरु भएको र बीचबीचमा रोकिएको उहाँले बताउनुभयो । 

सो ठाउँमा ‘पिस्ट्रेस्ड कङ्क्रिट ब्रिज’ चार ‘स्पान’ राखेर बनाइँदैछ । पुलमा ४० मिटर लम्बाइका तीन क्रङ्किट स्पान बनाइनेछ । पुलको प्रमुख भाग ८० मिटर लामो स्टिलको ट्रस्ट संरचनासहित बनाउन लागिएको छ । सबै स्पान गरी पुल २०० मिटर लामो बन्ने जनाइएको छ । पुलको माथिको बिम र स्ल्याबको काम बाँकी छ । 

गाउँगाउँमा प्रहरी 

पूर्वी चितवनमा प्रहरीको उपस्थिति कमजोर भएको गुनासो बढेपछि गाउँगाउँमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले ‘थ्री एस’ अभियानअन्तर्गत दैनिक ६० भन्दा बढी प्रहरी एकै क्षेत्रमा परिचालन गरेको छ । 

प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरका अनुसार स्थानीय तहका प्रहरी र जिल्लाबाट खटिएका प्रहरीले अवाञ्छित क्रियाकलाप गर्नेको खोजतलास गर्ने, शङ्का लागेकालाई नियन्त्रणमा लिने र सोधपुछ गरी दोषीलाई कारवाही गर्दै आएको छ । यही अभियानलाई प्रहरीले ‘सर्च, स्विइप एण्ड स्क्रिनिङ’ अर्थात् थ्री एस नामकरण गरेको छ । विगत पाँच दिनदेखि प्रहरीले रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिका क्षेत्रमा अभियान सञ्चालन गरेको हो । 

गाउँमा आपराधिक क्रियाकलाप गरी लुकीछिपी बस्नेहरु अभियानको निसानामा परेका छन् । जुवातास खेल्ने, लागुऔषध एवं मादक पदार्थ सेवन गर्ने, चेलीबेटी बेचबिखन गर्ने पक्राउ परेको राठौरले बताउनुभयो । सो क्षेत्रमा पछिल्लो समय हत्या, आक्रमणजस्ता घटना हुन थालेपछि प्रहरीले विशेष निगरानीका साथ अभियान चलाएको उहाँले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ