२०८२, ६ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चार वर्षमा आधा पनि बनेन पुल

२०७५, २७ फाल्गुन सोमबार ०९:२२

नारायण अधिकारी | फागुन २७, चितवन | भरतपुर महागनरपालिका–१ ठिमुरा र तनहुँको देवघाट गाउँपालिका जोड्ने पुल निर्माण सम्झौता गरिएको चार वर्ष बितिसक्दा पनि ४५ प्रतिशत मात्र काम भएको छ । सरकारी कर्मचारीको उदासिनता र ठेकेदार कम्पनीको बेवास्ताका कारण पुल निर्माणमा ढिलाइ भएको हो । 

विसं २०७१ कात्तिक १९ गते रु १६ करोडको लागतमा ठेक्का दिइएकोमा पछि नक्साङ्कन संशोधन (डिजाइन रिभ्यू) पछि लागत बढेर रु २१ करोड ६८ लाख पुगेको थियो । पुल शिलान्यासको तीन वर्षमा काम सम्पन्न गर्नुपर्नेमा विभिन्न कारण देखाउँदै समय थप गरिएको छ । 

डिभिजन सडक कार्यालय चितवनका निमित्त प्रमुख गिताञ्जली कोइरालाका अनुसार थपिएको समय आउँदो वैशाख ९ गते सकिँदैछ । तर, हालसम्म ४५ प्रतिशत मात्र काम भएको उहाँले बताउनुभयो । कोइरालाले नक्साङ्कन संशोधनमा १८ महीना लागेको, भूकम्पले छ महीना काम गर्न नसकेको र नाकाबन्दीका कारण तीन महीना ढिला भएको बताउनुभयो । थपिएको समय सकिनलाग्दा र ठेक्कापछि नक्साङ्कन परिवर्तन गरी रकम थप गर्दा पनि काम हुन सकेको छैन । 

इलाइट, एड्भेन्जर र इन्द्रेणी जेभी गरी तीन कम्पनी मिलेर संयुक्तरूपमा पुल निर्माणको जिम्मेवारी लिएका छन् । ठिमुरा र देवघाटलाई जोड्ने पुललाई विशेष पुलका रूपमा लिइएको छ । ठिमुरा–देवघाट पक्की पुल निर्माण उपभोक्ता समितिका उपाध्यक्ष टङ्कनाथ पौडेलले पर्याप्त बजेट र प्राविधिक कठिनाइका कारण समयमा पुल बन्न नसकेको बताउनुभयो । सम्बन्धित निकायलाई घचघच्याउने काम भइरहेको भए पनि शुरुमा ढिला गरी काम शुरु भएको र बीचबीचमा रोकिएको उहाँले बताउनुभयो । 

सो ठाउँमा ‘पिस्ट्रेस्ड कङ्क्रिट ब्रिज’ चार ‘स्पान’ राखेर बनाइँदैछ । पुलमा ४० मिटर लम्बाइका तीन क्रङ्किट स्पान बनाइनेछ । पुलको प्रमुख भाग ८० मिटर लामो स्टिलको ट्रस्ट संरचनासहित बनाउन लागिएको छ । सबै स्पान गरी पुल २०० मिटर लामो बन्ने जनाइएको छ । पुलको माथिको बिम र स्ल्याबको काम बाँकी छ । 

गाउँगाउँमा प्रहरी 

पूर्वी चितवनमा प्रहरीको उपस्थिति कमजोर भएको गुनासो बढेपछि गाउँगाउँमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले ‘थ्री एस’ अभियानअन्तर्गत दैनिक ६० भन्दा बढी प्रहरी एकै क्षेत्रमा परिचालन गरेको छ । 

प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरका अनुसार स्थानीय तहका प्रहरी र जिल्लाबाट खटिएका प्रहरीले अवाञ्छित क्रियाकलाप गर्नेको खोजतलास गर्ने, शङ्का लागेकालाई नियन्त्रणमा लिने र सोधपुछ गरी दोषीलाई कारवाही गर्दै आएको छ । यही अभियानलाई प्रहरीले ‘सर्च, स्विइप एण्ड स्क्रिनिङ’ अर्थात् थ्री एस नामकरण गरेको छ । विगत पाँच दिनदेखि प्रहरीले रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिका क्षेत्रमा अभियान सञ्चालन गरेको हो । 

गाउँमा आपराधिक क्रियाकलाप गरी लुकीछिपी बस्नेहरु अभियानको निसानामा परेका छन् । जुवातास खेल्ने, लागुऔषध एवं मादक पदार्थ सेवन गर्ने, चेलीबेटी बेचबिखन गर्ने पक्राउ परेको राठौरले बताउनुभयो । सो क्षेत्रमा पछिल्लो समय हत्या, आक्रमणजस्ता घटना हुन थालेपछि प्रहरीले विशेष निगरानीका साथ अभियान चलाएको उहाँले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ