२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

अब बजारमा ठेला गुडाउँदै हिड्न नपाइने, गुडाए १० हजार जरिवाना !

२०७५, २८ फाल्गुन मंगलवार ०६:५३

फागुन २८, घोराही । दाङको सदरमुकाम घोराही बजारमा अब ठेला गुडाउन नपाइने भएको छ । साथै एक व्यक्तिले एउटामात्रै ठेलामा व्यवसाय गर्न पाउने नियम बनाइएको छ ।

घोराही उपमहानगरपालिकाको बजार व्यवस्थापन उपसमितिले ठेला व्यवसाय गर्नका लागि निश्चित ठाउँहरु तोक्दै बजारमा ठेला राख्न निषेध गरिएको हो ।

ठेला व्यवसाय सञ्चालनका लागि घोराहीको ट्राफिक चोक, बालमन्दिर र पुरानो बसपार्कस्थित सभागृह निर्माणस्थल बाहिर ठाउँ तोकिएको छ ।

घोराही बजार क्षेत्रमा करिब १ सय ठेला व्यवसायी रहेको अनुमान छ । कसैले अटेर गरी बजार क्षेत्रको सडकमा ठेला गुडाएको पाइएमा ५ सयदेखि १० हजार रुपैयाँसम्म जरिवाना हुने भएको छ ।

नगर प्रमुखको संयोजकत्वमा रहेको बजार व्यवस्थापन समितिले प्रभावकारी कार्य सञ्चालन गर्न वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डाँगीको संयोजकत्वमा उपसमिति गठन गरेर बजार व्यवस्थापनको काम थालेको छ ।

उपसमितिले सोमबार घोराही बजारका ठेला व्यवसायीहरुलाई भेला गराई व्यवसाय सञ्चालन गर्न निश्चित ठाउँहरु तोकिएको विषयमा जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै