२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावर व्यवसायीद्वारा सुरक्षा व्यवस्था मिलाउन प्रधानमन्त्रीको ध्यानाकर्षण

२८ फाल्गुन २०७५, मंगलवार १२:२८

फागुन २८,काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले बैदेशिक रोजगार व्यवसायीको सुरक्षामा ध्यान दिन सरकारको ध्यानाकर्षण गरेको छ। संघका अध्यक्षको घर, सवारी साधन र कार्यालयमा गराईएको बिस्फोटबारे प्रधानमन्त्री केपी ओलीलाई जानकारी दिंदै व्यवसायीले क्षतिको उचित क्षतिपुर्ति नेपाल सरकारवाट दिलाई दिन माग गरेका छन् ।

गुरुङको घरमा फागुन २४ गते बेलुका विस्फोट गराएर गाडी र घरमा क्षति पुर्याएको घटनाको बारे जानकारी दिएको हो । उक्त  विस्फोटको ने.क.पा.विप्लवको भातृ संगठन यूवा संगठन नेपालले वक्तव्य मार्फत जिम्मेवारी लिएको जानकारी प्रधानमन्त्रिलाई गराउदैं  बिष्फोटवाट अध्यक्षको निजी निवास, गाडी, कार्यालय लगायतका धेरै सामान चिज वस्तुहरुमा क्षति पुगि करोडौंको हानी नोक्सानी पुगेको संघले जनाएको छ ।

घटना भएको बेला घरमा रहेका अध्यक्षका ७ वर्षका नावालक छोरा लगायतका परिवारका सदस्यहरु समेतलाई मानसिक आघात पुगेको संघले जनाएको छ। विस्फोट एउटा व्यक्ति प्रति मात्र लक्षित नभई वैदेशिक रोजगार व्यवसाय लगायत नेपालका समग्र व्यवसायी प्रति भएको व्यहोरा प्रधानमन्त्रीलाई अवगत गराएका छन् ।

संघका अध्यक्षको निवास/कार्यालयमा बम बिष्फोटको जिम्मा लिने ने.क.पा.विप्लवको भातृ संगठन यूवा संगठन नेपालले केही समय अगाडी यस संघमा आर्थिक सहायता माग गरी पत्र पठाएको व्यहोरा समेत प्रधानमन्त्रीलाई अवगत गराएका छन् । माग गरिएको आर्थिक सहायता नदिएको  कारणले व्यवसायीलाई आतंकित बनाई डर, त्रास पैदा गरी आर्थिक संकलन गर्ने नियतले गरिएको र यो विस्फोट व्यवसायी माथीको मात्र नभई राज्य माथी कै आक्रमण भएको हो भन्ने संघले ठहर रहेको छ ।

गैर कानुनी रुपमा आर्थिक सहायता नदिएको कारणले सवारी साधन, व्यक्तिको निजी घरमा बम बिष्फोट गराई आतंकित पारी भएको दोहन गरी पैसा लिने कार्यले व्यवसाय गर्ने बातावरण बिग्रने, व्यवसायी हतोत्साही हुने र जनतामा आतंकपूर्ण बातावरण सृजना हुने भएकाले यस्ता गैर कानुनी कार्य गर्नेलाई कडा भन्दा कडा कानुनी कारबाही गरी व्यवसाय गर्ने बातावरण वनाई व्यवसायीहरुको सुरक्षा गर्न सरकारसंग माग गरेका छन् ।

विस्फोटको जिम्मा लिने ने.क.पा.विप्लवसंग उचित माध्यम (वार्ता सम्वाद ,छलफल) वाट समाधान गरि भविष्यमा यस्ता कृयाकलाप हुन नदिन वातावरण वनाउनका लागि समेत प्रधानमन्त्रीलाई संघले अनुरोध गरेको छ।

सघले आइतबार सम्पूर्ण म्यानपावर कम्पनी बन्द गरेर व्यवसायीको भेला मार्फत दिल प्रसाद पोखरेलको संयोजकत्वमा  घटना समन्वय समिती गठन गरेको थियो। आजै उपप्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेलले अध्यक्ष गुरुङको निवासको स्थलगत निरिक्षण गरि दोषीलाई कानूनी कारवाही गरि क्षतिपुर्ती दिलाउने आश्वसन दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान