२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा आगलागीबाट दश लाख क्षति

२०७५, १ चैत्र शुक्रबार ०६:५९

चैत्र १, महोत्तरी | जिल्लाका बस्तीमा चैत नलाग्दै भएको आगलागीले लाखौँको नोक्सान भएको छ । पछिल्ला दुई दिनयता जिल्लामा भएका दुई छुट्टाछुट्टै आगलागीका घटनामा रु १० लाखभन्दा बढी धनमालको क्षति भएको हो । 

बिहीबार दिउँसो बर्दिवास नगरपालिका–५ चेरुको गैरीटोलमा रुद्रप्रसाद फुँयालको गोठघरमा आगलागी हुँदा बाख्रा–पाठा, भकारीमा राखिएको धान, मकैसहितको अन्नसँगै काठको गोठघर जलेर नष्ट भएको छ । फुँयालको गोठघर जल्दा रु तीन लाखभन्दा बढीको धनमाल नोक्सान भएको वडाध्यक्ष दलबहादुर थापाले जानकारी दिनुभयो । 

गोठमा कुँडो पकाएपछि राम्ररी ननिभेको आगो वा बाटो हिँड्नेले ननिभाई फ्याँकेको चुरोटको ठुटाबाट आगलागी भएको हुनसक्ने घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय बर्दिवासको उद्धार टोलीले जनाएको छ । आगो प्रहरी र स्थानीयवासीको प्रयत्नले नियन्त्रण भएको थियो । 

यसअघि मङ्गलबार जिल्लाकै भङ्गाहा नगरपालिका–४ रामनगरका बिजुली ठाकुरको पक्कीघरमा विद्युत् चुहिएर आगलागी हुँदा लत्ताकपडा, धातुका भाँडाकुँडा र गरगहनासहित रु सात लाखभन्दा बढीको धनमाल क्षति भएको थियो । तराईमा प्रत्येक वर्ष चैत लागेसँगै बढ्ने आगलागीका घटनाले ठूलो धनजनको क्षति हुँदै आए पनि यसको नियन्त्रणको उपाय भने व्यवहारमा देखिन नसकिएको यहाँका सर्वसाधारणको गुनासो छ । जिल्लाका अधिकांश नगरपालिकामा अग्निनियन्त्रक दमकल नभएका र यसअघिदेखि दमकल रहँदै आएको जलेश्वर नगरपालिकाले मर्मत सम्भारमा ध्यान नदिँदा यसको उपयोग हुन नसकेको सर्वसाधारण बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु