२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

खोटाङ करातेका खम्बाः विद्याकला

४ चैत्र २०७५, सोमबार ०६:४१

चिसाङ शेर्पा | चैत्र ४ खोटाङ | कराते खेल्न एकदमै मन थियो । तर, घरबाट दिनुहुन्न थियो, जर्बजस्ती खेल्न आए । मनमा कराते खेलको औधी रुचि थियो । कराते खेलाडी विद्याकला राईले खेलकुद क्षेत्रमा आउँदाका संर्घष सुनाइन् । घरमा आमाबुवा खेलकुदका वारेमा बुझ्नुहुन्न थियो । र, पनि मलाई खेल्न जान नदिनु भएको होला तर, अहिले त्यो ठिक उल्टो छ । उहाँहरु नै मलाई सपोर्ट गर्नुहुन्छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल सोल्माकी २१ वर्षीय विद्याकला यतिबेला खोटाङ करातेको एउटा खम्बा हो । जहाँ विद्याकला खेल्दै छ सबैको मनमा एउटै मात्र सोचाई हुन्छ । गोल्ड मेडल हान्छ, कन्फर्म । आम खोटाङ्गेले सोचेजस्तै वास्तविकता दिलाउन कराते खेलमा उनी माहिर छिन् । २०७२ सालयता राष्ट्रिय, अन्तर्राष्ट्रिय कराते खेलको यात्रामा उनले प्रथम स्थान दर्जनौ जितेकी छन् । अपवादमा दोश्रो, तेश्रो भएकी छन् । 


सातौ केन्द्रीय राष्ट्रपति कप रनिङ शिल्ड कराते प्रतियोगिता २०७२ मा प्रथम, आठौं राष्ट्रपति रनिङ शिल्ड कराते प्रतियोगीतामा प्रथम, गौतम बुद्ध ४८ औं राष्ट्रिय करातेमा दोश्रो भएकी उनले २०७४ सालमा मात्रै, एपीएफ अन्तर्राष्ट्रिय कराते प्रतियोगीता, शिवसताक्षी राष्ट्रिय कराते प्रतियोगीता, प्रथम छथर नगरपालिका कराते प्रतियोगीता, दोश्रो खोटाङ हलेसी अन्तर्राष्ट्रिय कराते प्रतियोगीता, प्रथम केपीलासगढी गाउँपालिका प्रमुख कप आमन्त्रित कराते प्रतियोगितामा स्वर्ण पदक जितेकी छन् ।

यस्तै, २०७५ सालमा प्रथम गोलबजार उपप्रमुख राष्ट्रिय कराते प्रतियोगीता, प्रथम अन्तर्राष्ट्रिय कराते च्याम्पीयनसीप रौतहट, १ नं. प्रदेश स्तरीय कराते प्रतियोगीतामा स्वर्ण पदक जितेकी छन् । शिवसताक्षी राष्ट्रिय कराते प्रतियोगीता र प्रथम गोलबजार उपप्रमुख राष्ट्रिय करातेमा उनले वेष्ट फाईटरको उपाधी चुमिन् । भर्खरै विराटनगरमा सम्पन्न १ नं. प्रदेश स्तरीय कराते प्रतियोगीता अन्तरगत महिला समुहकाताबाट स्वर्ण पदक जितेकी उनले आगामी चैत्र १५ गतेवाट प्रदेश नं. ५ मा हुने आठौं राष्ट्रिय करातेमा प्रतिस्पर्धा गर्ने तयारी गरीरहेकी छन् ।

विद्याकला राष्ट्रिय स्तरका धेरै खेलाडीलाई पराजित गरेकी साहषी कराते खेलाडी भएको नेपाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष सन्जय कुमार राईले बताए । विद्याकला मेहेनती, अनुशासित खेलाडी हो । अध्यक्ष राईले भने, ‘निर्णय गर्ने क्षमता कम तथा प्रचुर संम्भावना भएकी खेलाडी हुन् विद्याकला ।’ जिल्लामा उत्कृष्ट कराते खेलाडीहरु रहेको र सम्बन्धित निकाय र जिम्मेवार व्यक्तिहरुको पर्याप्त सहयोग रहेमा कराते खेलमा थप प्रगती गर्न सकिने नेपाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष राईले बताए ।

भलिवल, फुटवल, व्याटमिन्टन खेलको आयोजना गरेर बजेट सकिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेलका वडाध्यक्ष हर्क बहादुर खत्रीले बताए । आफ्नो वडाभीत्रको खेलाडी भएको नाताले पनि राष्ट्रिय प्रतियोगीतामा खेल्ने खेलाडीलाई केही न केही सहयोग हुने वडाध्यक्ष खत्रीले बताएका छन् । के कसरी बजेट व्यवस्थापन गर्न सकिन्छ त्यो विषयमा थप मिटिङ वसेर निर्णय गर्छौ उनले भने । राष्ट्रिय प्रतियोगीतामा प्रतिस्पर्धा गर्न लागेकी खेलाडीलाई वडाबाट चाँही कस्तो सहयोग आउँछ हेर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य