२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, अर्का एक गम्भीर घाइते

२०७५, ४ चैत्र सोमबार ०७:१९

चैत ४, महोत्तरी । पूर्व—पश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका—५ टुटेश्वर चोकमा आइतबार राती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । यस्तै एक जना गम्भीर घाइते भएका छन् । 

मृत्यू हुनेमा  धनुषाको मिथिला नगरपालिका–१०, का ३३ वर्षीय मनोज भट्टराई रहेका छन् । भट्टराई ज१२प १६४९ नम्बरको मोटरसाईकल चढि सर्लाहीबाट पूर्व तर्फ जाँदै थिए । यात्राका क्रममा बर्दिबासको  टुटेश्वर चोकमा पुगेपछि सोहि दिशा तर्फ गइरहेको ज१त ४७३३ नम्बरको ट्याक्टरलाई भट्टराई सवार मोटरसाइकल अनियन्त्रित भई ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा परेर घट्नास्थलमै उनको मृत्यू भएको बर्दिबास प्रहरीले जनाएको छ । 

दुर्घटनामा अर्का गम्भीर घाइते भएका सर्लाहीको  लालबन्दी नगरपालिका–९ का सञ्जय खतिवडा रहेका छन् । खतिवडालाई उपचारकोलागी बर्दिबासमा रहेको शुभस्वस्तिक अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाण्डौंको ट्रमा सेन्टर अस्पतालमा लगिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु