९ मंसिर २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

‘ज्यानमारा’ बन्दै ग्रामीण सडक

५ चैत्र २०७५, मंगलवार ०८:००

विमलबहादुर विष्ट | चैत ५, डोटी | बिना नापनक्सा तथा डोजर अपरेटरको सनकका भरमा निर्माण गरिएका यहाँका दर्जनौँ ग्रामीण सडकमा वर्षेनी दुर्घटना भइरहँदा सयाँै स्थानीयवासीको अकालमै ज्यान जाने गरेको छ । धुलो, हिलो र साँघुरा सडकमा वर्षेनी सडक दुर्घटना बढ्दै गएको विभिन्न तथ्याङ्कले देखाएको छ । 

विसं २०७१ असोज २१ गते जोरायल गाउँपालिकाको कठपत्रे भन्ने ठाउँमा भएको बस दुर्घटनामा ३१ को मृत्यु भयो भने ५९ घाइते भएका थिए । विसं २०७२ चैत ३० गते शिखर नगरपालिकास्थित जिजोडामाडाँैमा भएको जिप दुर्घटनामा नौ जनाको मृत्यु भयो । 

विसं २०७४ साउनमा डोटीको गगुडामा जिप दुर्घटना भयो । त्यहाँ एउटै गाउँमा नौको मृत्यु भयो । त्यसैगरी विसं २०७५ जेठ १४ गते डोटीकै बोगटान गाउँपालिकास्थित गगुडामा पुनः अर्को जिप दुर्घटना हुँदा तीन जनाले ज्यान गुमाए भने १३ घाइते भए । सरकारद्वारा गठित छानबिन समितिले साँघुरो सडक, यात्रु बढी, भिरालो बाटो र रातिको समय भएका कारण दुर्घटना भएको प्रतिवेदन सार्वजनिक गरेको थियो । 

रातिको समयमा यहाँका ग्रामीण सडकमा बढी दुर्घटना हुने गरेको भन्दै स्थानीय प्रशासनले रातिको समयमा जिल्लाका कुनै पनि ग्रामीण सडकमा गाडी नचलाउन आदेश दियो । बानेडंग्रीसैन–जिजोडामाडौँ, बुडर–जोरायल, दिपायल–चवराचौतरा सडकमा सवारी सञ्चालन अनुमति छैन । 

सुदूरपश्चिम प्रदेशका अधिकांश ग्रामीण सडकमध्ये धेरैले अस्थायी अनुमतिसम्म पाएका छैनन् । यातायात सञ्चालनको अनुमति नपाएका सडकमा गुड्ने सवारीले जोखिम बढाएको छ । यी सडकले मापदण्डसमेत पूरा गरेका छैनन् । 

मापदण्ड पूरा नगरेका सडकमा चल्ने सवारीले बढी यात्रु ओसार्ने गरेका छन् भने दुर्घटनापछि घाइते तथा मृतकका आफन्तले पाउने राहतमा समेत समस्या आउने गरेको दिपायलका पूर्वनगर प्रमुख घनश्याम पाठकले बताउनुभयो । उहाँले भन्नुभयो, “मापदण्ड विपरीतका सडकमा जथाभावी गाडी गुडाउँछन्, दुर्घटना भएपछि क्षतिपूर्ति लिन समस्या हुने गर्दछ ।” सवारी सञ्चालनको अनुमति नपाएका सडकमा दुर्घटना भएमा राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन समस्या हुने उहाँको भनाइ छ । 

तोकिएको मापदण्ड पूरा नगरेका सडकमा सवारी सञ्चालनको अनुमति हँुदैन । यहाँको प्रशासनले राजनीतिक र जनताको दवावका कारण सवारी चलाउन दिएको बताउँदै आएको छ । डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले भन्नुभयो, “गाउँमा बाटो पुगेपछि सवारी सञ्चालनको माग आउँछ । माग पूरा नगरे जनताको दवावसमेत आउने भएकाले सञ्चालन गर्न अस्थायी अनुमति दिएका छौँ ।” 

अहिले डोटीको बुडर–जोरायल सडक, दिपायल–बोगटान सडक, राजपुर–गडसेरा सडकमा सवारी सञ्चालनको अनुमति नै छैन । त्यस्तै डडेलधुराको बुडर–जोगबुढा सडक, बाजुराको तिपडा–मार्तडी सडकको अस्थायी अनुमति भए पनि बाँकी ग्रामीण सडकमा सवारी सञ्चालनको अनुमति नभएको यातायात व्यवस्था कार्यालय दिपायल राजपुरले जनाएको छ । 

सुदूरपश्चिम प्रदेशभरिमा कूल १३३ ट्राफिक दरबन्दी रहेकामा बिदा काज गरी १२० दैनिक सडक जाँचमा हुन्छन् । ट्राफिक प्रहरी कार्यालय अत्तरियाको पछिल्लो तथ्याङ्कअनुसार सुदूरपश्चिम प्रदेशमा सवारी सञ्चालनको अनुमति पाएका चार हजार ७०३ किलोमिटरमा दैनिक सबैखाले गरी २७ हजारभन्दा बढी गाडी गुड्ने गर्छन् । यी सडकमध्ये ८९३ कालोपत्र सडक रहेको छ भने एक हजार ४९४ ग्राभेल र दुई हजार ३१६ किलोमिटर कच्ची अवस्था रहेको छ । 

सडक विस्तारसँगै दुर्घटनामा पनि निकै वृद्धि भएको ट्राफिक प्रहरीको तथ्याङ्कमा उल्लेख छ । हिसाब गर्दा एउटा ट्राफिकलाई ५० किलोमिटर सडक भागमा पर्छ । प्रतिदिन एउटा ट्राफिकले सरदर ५०८ गाडी जाँच गर्नुपर्ने बाध्यता रहेको छ । 

सुदूरपश्चिम प्रदेशमा बढ्दै गएको दुर्घटनाले सडक सवारी साधनको यात्रालाई असुरक्षित सावित गर्न थालेको छ । वर्षेनी सवारी दुर्घटना बढिरहेका भए पनि त्यसलाई न्यूनीकरण गर्न सकिएको छैन । विसं २०७३ साउन १ गतेदेखि विसं २०७५ फागुन १९ गतेसम्म मात्रै सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटनामा परी ३२४ को ज्यान गएको छ । सोही अवधिमा कम्तीमा पनि ६८४ घाइते तथा अङ्गभङ्ग भएका ट्राफिक प्रहरीको भनाइ छ । 

सुदूरपश्चिम क्षेत्रीय ट्राफिक कार्यालय अत्तरियाका प्रमुख केदार रजौरेले सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटना बढ्नुमा जीर्ण सडक, भौगोलिक कारण, यान्त्रिक कारण र मानवीय कारण गरी तीन कारण रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सडकको अवस्थामा सुधार गरेमा, सडक नाली निर्माण गरेमा, चेतावनीमूलक चिह्न निर्माण गरेमा र रात्रिसेवालाई निरुत्साहित र दिवा सेवालाई प्रोत्साहन गरेमा दुर्घटनामा कमी ल्याउन सकिनेछ ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेले काठमाडौं महानगरको जरिवाना नतिर्ने दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण मुद्दा: सरकारको नाममा कारण देखाउ आदेश जारी एनपीएल खेल्न नेपाल आइपुगे काठमाडौं गुर्खाजका माइकल लेभिट हिरासतबाट दुर्गा प्रसाईँको पत्र, लेख्छन्- प्रमाण सत्य हो, कम्बोडिया लगानीबारे छानबिन गरियोस् गेस्ट हाउसमा दम्पत्तीको शव फेला, क्यानडाबाट दुई वर्षपछि शनिबार मात्रै फर्किएका थिए मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बने मस्क रास्वपाका नेताविरुद्ध अदालतको अवहेलना मुद्दाको पेशी न्यायाधीशद्वय फुयाल र ढकालको संयुक्त इजलासमा आज तोलामै १७ सयले बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो मलेसियाका पेट्रोल पम्पहरुमा काम गर्न विदेशी कामदारलाई खुला अनुसन्धानको म्याद सकिएकाले आज फेरि रविलाई कास्की अदालत उपस्थित गराइँदै नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता लिइँदै आजदेखि धरहरा चढ्दा शुल्क लाग्ने विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै हेर्नुहोस आइतबारको विदेशी मुद्राको विनिमय दर ! देशको यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना कर्मचारीहरुलाई हिमाली जिल्लामा आउन सहज र अभिप्रेरित गर्न जरुरी प्यालेस्टाइनमाथिको आक्रमण रोक्न माग गर्दै काठमाडौंमा प्रदर्शन चीनमा गएको ठूलो र आश्चर्यजनक हिमपहिरो जसको दृश्य नाटकीय देखिन्छ नवलपुरमा आज बिहान गैँडाको आक्रमणबाट एक जनाको मृ-त्यु प्रधानमन्त्री ओलीका बुबा मोहनप्रसाद ओली अस्पताल भर्ना