२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

बर्दिवासका दुई नयाँ क्याम्पसमा पठनपाठन

५ चैत्र २०७५, मंगलवार ०९:२३

चैत ५, बर्दिवास । महोत्तरीको बर्दिवास नगरपालिका–६ किसाननगरमा स्थापित प्राकृतिक स्रोत व्यवस्थापन क्याम्पसमा कृषि सङ्कायको स्नातक तहको प्रथम बर्षअन्तर्गत प्रथम सत्रको पठनपाठन शुरु भएको छ । 

कृषि तथा वन विज्ञान विश्व विद्यालय रामपुर, चितवनको आङ्गिक क्याम्पसका रुपमा रहेको सो कलेजमा ५२ विद्यार्थी अध्ययनरत छन् । अहिले स्नातक प्रथम वर्षको प्रथम सत्रमा बालीसम्बन्धी इन्ट्रोडक्टरी जेनिटिक्स, माटो विज्ञान, बाली विज्ञान, बागवानी विज्ञान, जीव रसायनशास्त्र, कृषि अर्थशास्त्र र पशु विज्ञान विषयको पठनपाठन शुरु भएको विश्वविद्यालयका कृषि सङ्कायका शिक्षाध्यक्ष जयप्रकाश दत्तले जानकारी दिनुभयो । 

यसै शैक्षिक सत्रदेखि पठनपाठन शुरु गरिएको कलेजमा चार वर्षे स्नातक कोर्षमा भर्ना भएका ५२ मध्ये २३ छात्रा छन् । कलेजमा अहिले आवासीय रुपमा पाँच शिक्षक छन् । अन्य जनशक्ति चाँडै पूर्ति गरिने दत्तको भनाइ छ । बर्दिवास–६ किसाननगरमा ६ बिघा चार कट्ठा जग्गा कलेजको नाममा रहेको व्यवस्थापन समितिका अध्यक्ष राजन ढुङ्गानाले जानकारी दिनुभयो । आवश्यक संरचना निर्माणको काम विश्वविद्यालयको समन्वयमा चाँडै गरिने अध्यक्ष ढुङ्गाना बताउनुहुन्छ । 

यसैगरी बर्दिवास–१४ स्थित त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस बर्दिवास जनता बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहमा शिक्षा सङ्कायअन्तर्गत नेपाली र स्वास्थ्य विषयको पठनपाठन शुरु भएको छ । स्नातकोत्तर तहको अध्ययन÷अध्यापनको यसैवर्ष स्वीकृति पाएको सो क्याम्पसमा अहिले ३४ विद्यार्थी अध्ययनरत छन् । छात्रछात्राको सङ्ख्या बराबरी रहेको क्याम्पस प्रमुख तोप ठकुरीले जानकारी दिनुभयो । “भर्ना अझै जारी छ । सङ्ख्या बढ्न सक्छ”, उहाँले भन्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो