२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

बर्दिवासका दुई नयाँ क्याम्पसमा पठनपाठन

२०७५, ५ चैत्र मंगलवार ०९:२३

चैत ५, बर्दिवास । महोत्तरीको बर्दिवास नगरपालिका–६ किसाननगरमा स्थापित प्राकृतिक स्रोत व्यवस्थापन क्याम्पसमा कृषि सङ्कायको स्नातक तहको प्रथम बर्षअन्तर्गत प्रथम सत्रको पठनपाठन शुरु भएको छ । 

कृषि तथा वन विज्ञान विश्व विद्यालय रामपुर, चितवनको आङ्गिक क्याम्पसका रुपमा रहेको सो कलेजमा ५२ विद्यार्थी अध्ययनरत छन् । अहिले स्नातक प्रथम वर्षको प्रथम सत्रमा बालीसम्बन्धी इन्ट्रोडक्टरी जेनिटिक्स, माटो विज्ञान, बाली विज्ञान, बागवानी विज्ञान, जीव रसायनशास्त्र, कृषि अर्थशास्त्र र पशु विज्ञान विषयको पठनपाठन शुरु भएको विश्वविद्यालयका कृषि सङ्कायका शिक्षाध्यक्ष जयप्रकाश दत्तले जानकारी दिनुभयो । 

यसै शैक्षिक सत्रदेखि पठनपाठन शुरु गरिएको कलेजमा चार वर्षे स्नातक कोर्षमा भर्ना भएका ५२ मध्ये २३ छात्रा छन् । कलेजमा अहिले आवासीय रुपमा पाँच शिक्षक छन् । अन्य जनशक्ति चाँडै पूर्ति गरिने दत्तको भनाइ छ । बर्दिवास–६ किसाननगरमा ६ बिघा चार कट्ठा जग्गा कलेजको नाममा रहेको व्यवस्थापन समितिका अध्यक्ष राजन ढुङ्गानाले जानकारी दिनुभयो । आवश्यक संरचना निर्माणको काम विश्वविद्यालयको समन्वयमा चाँडै गरिने अध्यक्ष ढुङ्गाना बताउनुहुन्छ । 

यसैगरी बर्दिवास–१४ स्थित त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस बर्दिवास जनता बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहमा शिक्षा सङ्कायअन्तर्गत नेपाली र स्वास्थ्य विषयको पठनपाठन शुरु भएको छ । स्नातकोत्तर तहको अध्ययन÷अध्यापनको यसैवर्ष स्वीकृति पाएको सो क्याम्पसमा अहिले ३४ विद्यार्थी अध्ययनरत छन् । छात्रछात्राको सङ्ख्या बराबरी रहेको क्याम्पस प्रमुख तोप ठकुरीले जानकारी दिनुभयो । “भर्ना अझै जारी छ । सङ्ख्या बढ्न सक्छ”, उहाँले भन्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला