२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नबन्दै जीर्ण बन्यो कुशहा–बेल्ही सडक

२०७५, ६ चैत्र बुधबार ०८:३९

चैत ६, लहान | ठेकेदार कम्पनीको चरम लापरवाहीका कारण सप्तरीको कुशाहा–बेल्ही सडक निर्माण सम्पन्न नहुँदै जीर्ण बनेको छ । राष्ट्रि«य ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमअन्तर्गत निर्माणाधीन उक्त सडकको काम सम्पन्न नहुँदै जीर्ण बनेको हो । 

एकातिर तोकिएको समयसीमाभित्र सडक निर्माण कार्य सम्पन्न हुन सकेको छैन भने अर्काेतर्फ हालसम्म कालोपत्रे गरिएका सडकका अधिकांश ठाउँमा कालोपत्रे उप्किनुको साथै खाल्डाखुल्डी भएर सडक जीर्ण बनेको स्थानीयवासी बताउँछन् । 

उक्त स्तरोन्नतिको काम सम्पन्न गर्ने समयसीमा २०७३ साउन १० गते नै सकिए पनि ठेकेदार कम्पनीले काम सम्पन्नै नगरी सडक अलपत्र छाडेका छन् । सडक र नाला निर्माणमा चरम लापरवाही देखिए पनि तत्कालीन जिल्ला प्राविधिक कार्यालयका कर्मचारीको मिलोमतोमा रु सात करोड ३५ लाख ९४ हजार ३४५ निकासा भइसकेको जिल्ला प्राविधिक कार्यालय सप्तरीले जनाएको छ । 

सप्तरीको सुरुगा नगरपालिकाको कुशहा बजारदेखि बलान बिहुल गाउँपालिकामा पर्ने भारतीय सीमावर्ती क्षेत्र बेल्हीसम्म करीब साढे १६ किलोमिटरसम्मको उक्त सडक योजनाअन्तर्गत सडक छेउमा वृक्षरोपणसमेत गर्ने भनिए पनि त्यसमा पनि चरम लापरवाही भएको स्थानीयवासीले गुनासो गरेका छन् । 

योजनाअन्तर्गत नाला निर्माणमा पनि ठेकेदारले व्यापक अनियमितता गरेकाले छानबिन गर्नुपर्ने बलानबिहुल गाउँपालिका–५ का वडाध्यक्ष मो. हन्सु बताउनुहुन्छ । 

ठेकेदार कम्पनीले कमिसनका लागि अन्य साना पेटेदार ठेकेदारमार्फत काम गराउँदा समयमा सडक निर्माणको काम पुरा नभएको र भएका काम पनि गुणस्तरहीन रहेकाले छानबिन हुनुपर्ने उहाँको माग छ । ठेकेदार कम्पनी सम्पर्कविहीन भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले तत्कालीन जिल्ला प्राविधिक कार्यालय सप्तरीलाई पत्र काटेर सम्पूर्ण वितरण माग गरेको थियो । 

दुरुपयोग अनुसन्धान आयोग इटहरीले गत २०७५ कात्तिक १५ मा जिल्ला प्राविधिक कार्यालय राजविराजको नाममा पत्र काटेर सो सडकको हालसम्मको अवस्थाबारे विवरण माग गरी छानबिन थालेपछि ठेकेदार कम्पनीले गत फागुनको पहिलो साता सडकको काम अघि बढाए पनि बीचमा पुनः काम छाडेर गएको स्थानीयको गुनासो छ । 

जिल्ला प्राविधिक कार्यालय सप्तरीले श्री पप्पु मृतसञ्जीवनी जेभि, काठमाडौँ नामक ठेकेदार कम्पनीलाई सो निर्माण कार्यको जिम्मा दिएको हो । कूल रु ११ करोड एक लाख ७९ हजार ५५२ को लागतमा सञ्चालित उक्त योजनाअन्तर्गत निर्माणाधीन उक्त सडकसँगै सडक छेउमै पानी बहावको लागि नाला र वृक्षरोपण सम्झौता भए पनि अहिलेसम्म सम्झौताअनुसार वृक्षरोपण नभएको स्थानीयवासीको कथन छ । 

यता प्रदेश सरकारअन्तर्गत सिरहामा स्थापना गरिएको जिल्ला पूर्वाधार विकास कार्यालय सिरहाका प्रमुख राजकुमार गोइतले सडक निर्माणको ठेक्का लिएको ठेकेदार कम्पनीको बैंक ग्यारेन्टी रोक्का गर्ने गरी प्रक्रिया शुरु गरेको बताउनुहुन्छ । सडक निर्माणमा कमीकमजोरी भएकाले छिट्टै सडक उप्किएको र नालामा समेत केही क्षति भएकाले सोको मर्मत र बाँकी रहेको काम सम्बन्धित ठेकेदारबाटै गराउने प्रमुख गोइतको कथन छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु