2026-09-14 04:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

१० वर्ष दुबई बसेको अनुभव: पैसा त कमाएँ तर आत्मसन्तुष्टि भएन

चैत ७, तनहुँ – तनहुँको व्यास नगरपालिका–२ दमौलीका चन्द्र कायस्थ मंगलबार बिहान नौ बजे नै म्याग्दे गाउँपालिका–४ बडहरेमा रहेको माछापोखरी पुग्नुभयो । 

पोखरीबाट माछा निकाल्न लागेको  थाहा पाएलगत्तै उहाँ र दमौलीकै कृष्ण रुचाल त्यहाँ पुग्नुभएको थियो । उहाँहरु माछापोखरी पुग्दा सञ्चालक गणेशकुमार श्रेष्ठसहित स्थानीय गाउँले पोखरीबाट माछा निकाल्न व्यस्त थिए । झण्ड दुई घण्टा पर्खेर कायस्थले १० र रुचालले १ केजी माछा किन्नुभयो । 

कायस्थ र रुचाल मात्रै होइन पोखरीबाट माछा निकाल्ने थाहा पाएपछि अरु ग्राहक पनि माछा किन्न पोखरीमै पुगेका थिए । कायस्थले पोखरीको माछा मीठो हुने भएकाले आफूले सधैं यहीँबाटै माछा लाने गरेको बताउनुभयो ।

दमौलीका अरु ग्राहकले समेत माछा ल्याइदिन आग्रह गरेपछि आफूले सबैका लागि माछा किनेर लाने गरेको उहाँले बताउनुभयो । सञ्चालक गणेशकुमार श्रेष्ठले मंगलबार पोखरीबाटै १०० केजी माछा बिक्री भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘माछा कहिले निकाल्ने भनेर सोध्छन्, मैले जुन दिन निकाल्ने भनेर खबर गर्छु उहाँहरु पोखरीमै आइपुग्नुहुन्छ ।’ कहिलेकाहीँ माछा किन्न आउनेलाई रित्तो हात फर्काउनुपरेको भन्दै उहाँले भन्नुभयो, ‘सबै माछा बिक्री हुन्छ जस्तो लागेको थिएन, थुप्रैलाई माछा पुर्‍याउन सकिन्न ।’

पोखरीमै माछा प्रतिकेजी ४ सय रुपैयाँ पर्छ । माछाका लागि बजारको कुनै समस्या नरहेको बताइएको छ । उहाँले भन्नुभयो, ‘माछा बिक्री गर्दै बजारसम्म जानुपर्ने अवस्था छैन, पोखरीबाटै छोपाछोप हुन्छ ।’

श्रेष्ठले २० रोपनी क्षेत्रफलमा तीन वटा पोखरी निर्माण गरी माछापालन गरिरहनुभएको छ । पोखरीमा रहु, कमन, ग्रास, नैनी जातका माछा छन् । वार्षिक  १० लाख रुपैयाँभन्दा बढीको माछा बिक्री हुने गरेको उहाँले जानकारी दिनुभयो । माछापालनका लागि श्रेष्ठलाई छोरा भीष्म श्रेष्ठले सघाइरहनुभएको छ । माछापालनको सुरुवात भीष्मले नै गर्नुभएको थियो । 

विदेशबाट फर्किएर माछापालन 

भीष्म १० वर्ष दुबई बस्नुभयो । वैदेशिक रोजगारीका लागि दुबई पुग्नुभएका उहाँले त्यहाँ मिनरल वाटर कम्पनीमा काम गर्नुभयो । २०५९ देखि २०६९ सालसम्म विदेशमा बसेर काम गर्दा उहाँले पैसा त कमाउनुभयो, तर आत्म सन्तुष्टि कमाउन सक्नुभएन । भन्नुहुन्छ, ‘विदेश गएर पैसा त कमाएँ तर आत्मसन्तुष्टि भएन ।’

उहाँलाई लाग्यो, विदेशमा बसेर यति दुःख गरेर कमाउने जति त स्वदेशमै बसेर दुःख गरेर पनि कमाउन सकिन्छ । दुबई बसाईकै क्रममा उहाँलाई स्वदेश फर्किएर माछापालन व्यवसाय गर्ने सोच आयो । उहाँले लगत्तै आफ्ना बुवा गणेशकुमार श्रेष्ठलाई माछापालनबारे सुनाउनुभयो, बाबुले पनि उहाँको प्रस्तावमा सहमति जनाउनुभयो । 

भीष्म २०६९ सालमा स्वदेश फर्किनुभयो । लगत्तै माछापालन गर्न केही प्राविधिक कठिनाइ भयो । त्यतिबेला उहाँ मलेसिया पनि जानुभयो । तर ६ महिनामै फर्किनुभयो । उहाँ भन्नुहुन्छ, ‘विदेशमा बस्दा नै फर्किएपछि माछापालन गर्छु भन्ने सोच बनाइसकेको थिएँ।’

स्वदेश फर्किएपछि उहाँले दमौलीमा होटल पनि चलाउनुभयो अनि २०७१ सालदेखि माछापालन व्यवसाय थाल्नुभएको हो । भीष्मका बाबु गणेशकुमार श्रेष्ठ भन्नुहुन्छ, ‘अरुले जग्गा भाडामा लिएर माछापालन गरेकोसमेत देखें, तर हाम्रो त आफ्नै जग्गा छ त्यसमै माछापालन गरौं न भनेर छोरासँग सल्लाह गरें ।’

सुरुमा उहाँहरुले छ रोपनी क्षेत्रफलमा दुई वटा माछापोखरी खन्नुभएको थियो । त्यसका लागि तत्कालिन कृषि विकास कार्यालयले ६० हजार रुपैयाँ सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ