Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पत्रकार विकलाई रेडियोको स्टुडियोबाटै पक्राउ गरेपछि पत्रकार महासंघ सहितले निकाले ४ बिज्ञप्ति

२०७५, ८ चैत्र शुक्रबार ०३:५१

चैत ८, कालिकोट । नेपाल पत्रकार महासंघले कालिकोटका पत्रकार कर्ण विश्वकर्मलाइ प्रहरीले गिरफ्तार गरेकेा प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका महासचिव रमेश विष्टले बिहिवार बिज्ञप्ती जारी गरी  कालिकोटबाट प्रसारण हुने रेडियो कर्णालीका वरिष्ठ प्राविधिक तथा सम्वाददाता विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको घटनाप्रति महासंघको गम्भीर ध्यानाकषर्ण भएको जनाएका हुन् ।

बिहिवार प्रहरीले कालिकोटस्थित रेडियो कर्णालीको स्टुडियोमै प्रवेश गरी पत्रकार विश्वकर्मालाई पक्राउ गरेको थियो । महासंघले कुनै पनि बहानामा पत्रकारलाई स्टुडियोबाटै पक्राउ गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हुनुका साथै संविधानविपरीतको कार्य भएकाे भन्दै पत्रकार पक्राउको कडा शब्दमा निन्दा गरेकेा छ ।

महासचिव विष्टद्वारा जारी बिज्ञप्तीमा भनिएको छ, ‘कुनै पनि बहानामा पत्रकारलाई स्टुडियोमै पक्राउ गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हुनुका साथै संविधानविपरीतको कार्य हो। पत्रकारको संवैधानिक स्वतन्त्रतामाथि भएको यो हस्तक्षेपको भर्त्सना गर्दछ, पक्राउ परेका पत्रकारको तत्काल रिहाई गरियोस् ।’,


प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई जनपत्रकार संगठनको आग्रह 

यस्तै जनपत्रकार संगठनले पनि बिज्ञप्ती जारी गर्दै पत्रकार विकको रिहाइको माग गरेको छ । 

आस्थाकै आधारमा उनलाइ रेडियोको स्टुडियोमै प्रहरी प्रवेश गरेर पक्राउ गरेको उक्त संगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले बताएका छन् । विगत लामो समयदेखि पत्रकारितामा सक्रिय उनी कालिकोट रास्कोट नगरपालिका-९, फुकोट निवासी हुन् ।

संगठनका अध्यक्ष प्रकाश डुम्रे र महासचिव हिम विष्टले विज्ञप्ति जारी गर्दै प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई आग्रह गरेका छन् । वर्तमान सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रति निरन्तर सहिष्णुता तथा अनुद्दार बन्दै गएको बताउदै बिकको गिरफ्तारीप्रति संगठनले दुख प्रकट गरेको छ ।

वर्तमान सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति निरन्तर असहिष्णु तथा अनुदार बन्दै आएको र संयोजक वि.क.को गिरफ्तारी पनि यसैको निरन्तरता हो भन्ने हाम्रो संगठनको ठहर छ । विज्ञप्तिमा भनिएको छ ।

संविधानप्रदत्त अधिकारलाई कुण्ठित हुने गरी वर्तमान सरकारले देखाएको यो रवैया खेदजनक छ । विचार, आस्था र प्रेसतथाअभिव्यक्ति स्वतन्त्रताको हनन हुने गरी संयोजक वि.क.लाई प्रहरीले प्रतिशोधपूर्ण तरिकाले गिरफ्तार गरेको संगठनको निस्कर्ष छ । तसर्थ, निर्वाधरुपमा प्रेस तथाअभिव्यक्ति स्वतन्त्रताको अभ्यास गर्न पाउने, स्वतन्त्रपूर्वक समाचार संकलन, लेखन, प्रकाशनतथा प्रसारण गर्न पाउने संविधान प्रदत्त अधिकारको सम्मान गर्न सरकारलाई हामी आग्रह गर्दछौं । गिरफ्तार श्रृंखला रोक्न साथै गिरफ्तार वि.क.लाई बिना सर्त स–सम्मान रिहा गर्न जोडदार माग गर्दछौं । विज्ञप्तिमा उल्लेख छ ।


पत्रकार विकलाई रिहाई नगरे चरणबद्ध आन्दोलनमा उत्रने पत्रकार महासंघ कालिकोटको चेतावनी 

त्यसैगरी पत्रकार महासंघ कालिकोटले पनि प्रहरीले रेडियो स्टुडियोबाटै पत्रकार पक्राउ गरिएकोप्रति आपत्ति जनाएको छ ।

महासंघका अध्यक्ष तुलाराम पाण्डेले बिहिबार बिज्ञप्ति जारी गर्दै पत्रकार कर्ण विकलाई विना पक्राउपुर्जी रेडियोको स्टुडियोबाटै पक्राउ गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बिज्ञप्तिमा भनिएको छ- 'नेपालको संबिधान २०७२ ले पत्यभुत गरेको पूर्ण प्रेस स्वतन्त्रताको खिल्ली उदाउदै रेडियोमा काम गरिरहेकाबेला कार्यस्थलबाटै संचारकर्मी पक्राउ गर्नुले प्रहरी प्रसासन कालिकोटका संचारकर्मीलाई आतंकित पार्न छोरी कुटेर बुहारी तर्साउने रणनीतिको भत्सना गर्दछौ । पत्रकार विकलाई रिहाई नगरे पत्रकार महासंघ कालिकोट चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी दिन चहान्छौ ।',


सरकारले प्रेस तथा अभिव्यक्ती स्वतन्त्रताको घाँटी निमोठ्यो: भेरी कर्णाली समन्वय समिती

त्यसैगरी जनपत्रकार संगठन नेपाल भेरी कर्णाली समन्वय समितीले पनि पत्रकार गिरफ्तारिमा आफ्नो गम्भीर ध्यान आकर्षण भएको बताएको छ । 

समितीका संयोजक टीका केसीले विहिबार विज्ञप्ती जारी गर्दै सरकारले प्रेस तथा अभिव्यक्ती स्वतन्त्रताको घाँटी नमोठिएको बताएकी छन् ।

विज्ञप्तीमा भनिएको छ- “पत्रकारलाई संविधानले दिएको अधिकारलाई कुण्ठीत गर्ने र कुनै विचारमा आस्तावान पत्रकारलाई त्रसित बनाउने सरकारको रबैयाको हामी घोर भ्रत्सर्ना गर्दछौँ । नेपालमा राजाले पत्रकारमाथी लगाएको कुरुर शासन व्यवस्था फालेर हामीले ल्याएको लोकतान्त्रिक गनतन्त्र व्यवस्थाको धज्वी उडाउदै अहिलेको दुईतिहाइ सरकारले त्यसभन्दा पनि कठोर शासन लाद्न खोज्दै छ ।”


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश