प्रशस्त मात्रामा कोदो फल्ने जमीन अहिले वनमाराले ढाकिएका छन् । कृषि योग्य जमीनमा कोदोको उत्पादन राम्रो भए पनि कृषकले हिजो आज खेती गर्न छाडेका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रशस्त मात्रामा कोदो फल्ने जमीन अहिले वनमाराले ढाकिएका छन् । कृषि योग्य जमीनमा कोदोको उत्पादन राम्रो भए पनि कृषकले हिजो आज खेती गर्न छाडेका"/>
2026-09-13 03:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

जाजरकोटमा कोदोको उत्पादन घट्यो

हेमन्त केसी | चैत ८, जाजरकोट | आयातित खाद्यान्नमा परपर्दै जान थालेपछि जिल्लामा कोदो खेती लोप हुने स्थितिमा पुगेको छ । प्रशस्त मात्रामा कोदो फल्ने जमीन अहिले वनमाराले ढाकिएका छन् । कृषि योग्य जमीनमा कोदोको उत्पादन राम्रो भए पनि कृषकले हिजो आज खेती गर्न छाडेकाले जिल्लामा कोदो उत्पादन कम हँुदै गएको हो ।कोदो फल्ने ठाउँ बाँझो हुँदा अहिले बीउसम्म पाउन मुस्किल हुन थालेको छ । घरायसी प्रायोजनका लागि मात्र केहीले फाटफुट कोदो खेती गरेको पाइन्छ । 

कृषकले पहिलेजस्तो बिक्रीका लागि कोदो खेती गर्न छाड्दै गएका छन् । एक दशक पहिले जुनिचाँदे गाउँपालिका–५ लुहादहका कृषक भगवान् खड्काले आफ्ना सबै बारीमा कोदो लगाउने गर्नुहुन्थ्यो । कोदोको उत्पादन पनि राम्रै हुन्थ्यो तर हिजो आज उहाँले यसको उत्पादन घटाउँदै लैजानुभएको छ । “कोदो खेतीमै निर्भर भएर प्राय सबै कृषकले खेती गर्न छाडिसकेका छन्, हिजोआज बरु बाख्रापालन र तरकारीलगायत नगदेबाली र फलफूल खेतीतर्फ कृषक आकर्षित हुन थालेका छन्”, उहाँले भन्नुभयो । 

लुहादहलगायत गाउँका धेरै कृषकले पाखो बारीमा कोदो लगाएर राम्रै कमाइ गर्थे तर अहिले भने धेरैले कोदो लगाउन छाडिसकेका छन् । परम्परागत रूपमा गरिँदै आएको कोदो खेती जिल्लाका साविक दुई दर्जनभन्दा बढी गाउँका कृषकको मुख्य खाद्यान्न बाली थियो । 

औषधिका रूपमा समेत प्रयोग हुने कोदोलाई पोषिलो अन्न मानिन्छ । पहिला वर्षे खेतीका रूपमा लगाइने कोदो अहिले देख्नै मुस्किल पर्न थालेको छ । कृषकले विस्तारै कोदो खेती गर्न छाड्दै गएपछि जिल्लामा कोदो अभाव हँुदै गएको हो । कोदो अन्य बालीभन्दा स्वस्थकर भए पनि यसको आकर्षण भने घट्दै गएको छ । बढ्दो शहरीकरणको प्रभावले गाउँमा कोदो फल्ने जमीन बाँझै छन् । 

थोरै लगानीमा उत्पादन बढी हुने भए पनि कोदोलाई पछिल्लो समयमा खाद्यान्नको रूपमा कम प्रयोग हुन लागेकाले पनि कोदो खेती लोप हुने अवस्थामा पुगेको नलगाड नगरपालिकाका किसान हरिबहादुर खत्रीले बताउनुभयो । 

आफूले पहिले दश मुरीसम्म कोदो उत्पादन गरेकामा अहिले लगाउनै छाडेको जानकारी दिँदै उहाँले भन्नुभयो, “धेरै दुःख गर्न नपर्ने कोदो पाकेपछि घरमै खरीद गर्न व्यापारी आउँथे, दुई चार पैसा पनि हुन्थ्यो अहिले त कोदो लगाउने जमीन वनमाराले भरिन थालेको छ। ” 

परम्परागत शैलीमा स्थानीय जातको बीउ प्रयोग गरी मकैमा छ्यासम्यास बालीका रूपमा लगाइने कोदो प्रायजसो जिल्लाका सबै गाउँबस्तीमा हुन्थ्यो तर हिजोआज खाद्यान्नको रूपमा भन्दा पनि मदिरा बनाउनका लागि मात्र कोदो प्रयोग गरिएका कारण बीउ नै हराउने अवस्थामा पुगेको सम्बद्ध कृषकहरूले बताए । 

गाउँघरमा हेपिएको खाद्यान्नको रूपमा लिइने कोदो अहिले शहर बजारतिर भने खोजीखोजी खान थालिएको छ । सडक सञ्जाल विस्तारसँगै तराईबाट पहाडमा चामल, गहुँलगायत अन्न भित्रिन थालेपछि कोदो, फापर, जौजस्ता पोषिलो स्थानीय अन्नप्रति आकर्षण घट्दै गएको हो । 

कोदोलाई किसानले महत्व नदिएका कारण यो लोप हुँदै गएको जिल्ला कृषि ज्ञान केन्द्रका जाजरकोटका प्रमुख चित्रबहादुर रोकायले बताउनुभयो । जिल्लाको बारेकोट गाउँपालिका र जुनिचाँदे गाउँपालिकालाई कोदोको पकेट क्षेत्रका रुपमा लिइएपनि अहिले त्यहाँ उत्पादन कम हुने गरेको छ । 

जिल्लामा ३५ हजार ३२६ हेक्टर क्षेत्रफल कृषि योग्य क्षेत्रफल रहेकामा दुई हजार ५२५ हेक्टर जमीनमा कोदो खेती गरिने र त्यसबाट चार हजार ५२२ मेट्रिक टन कोदो उत्पादन हुने गर्दछ । उक्त केन्द्रकाअनुसार जिल्लामा उत्पादित खाद्यान्न मागभन्दा चार हजार १५३ मेट्रिक टनले कमी हुँदै आएको छ । 

खलो प्रथाले परिवार पाल्नै मुश्किल 

चार दशकदेखि फलामलाई आवश्यक तापक्रम दिएर निश्चित आकार दिई विभिन्न सामग्री बनाउँदै आउनुभएका नलगाड नगरपालिका–१० का ६१ वर्षीय खड्गबहादुर विश्वकर्मालाई यो पेशाबाट परिवार पाल्न नसक्दा समस्यामा पर्नुभएको छ । 

आफूले १५ वर्षको उमेरदेखि नै आरन चलाउन थालेको उहाँले बताउनुभयो । फलामका भाडा बनाएबापत विश्वकर्मालाई स्थानीय बासिन्दाले प्रतिघर वर्षेनी चार पाथी अन्न दिँदै आए पनि यसबाट परिवार पाल्न मुस्किल हुने गरेको विश्वकर्माको भनाइ थियो । 

त्यस्तै नलगाड नगरपालिका–१३ बायकाँडाका ५५ वर्षीय प्रतिलाल विक पनि परम्परागत आरन व्यवसायबाटै भएको आम्दानीले सात जना परिवारको गुजारा चलाउँदै आउनुभएको छ । कुशे गाउँपालिका–९, थानवडाका प्रदीप सुनारको पनि जीवन गुजाराको एउटै बाटो आरन मात्र छ । जिल्लामा आरन सञ्चालन गरेर जीवन गुजारा गर्ने परिवारको सङ्ख्या करीब १५० को हाराहारीमा छ । आरन व्यवसायमा दलित समुदायको बाहुल्यता छ । उनीहरू जग्गा जमीन तथा घरबासको अभावमा आरन व्यवसाय गर्न बाध्य भएका हुन्  । 

गाउँगाउँमा सञ्चालन भएका आरनको प्रवद्र्धन हुन सकेको छैन । परम्परगतरूपमा सञ्चालनमा आएका आरनमा फलामका भाँडावर्तन बनाइदिएबापत खलो उठाएर गुजारा चलाउँदै आएको नलगाड नगरपालिका– ८ का रङ्गे कामीले बताउनुभयो । उहाँले फलामका भाँडावर्तन बनाइदिएबापत वर्षमा पाँच पाथी अन्न मात्र खलो पाउने गरेको बताउनुभयो  । विष्टको घरबाट उठाएको खलोबाटै छाक टार्न मुस्किल भएको गुनासो गर्दै उहाँले भन्नुभयो, “घरबास छैन, खेती गर्ने जमीन एक टुक्रा पनि छैन ।” 

यहाँका गाउँपिच्छे आरन छन् तर उक्त आरनलाइनै पेशाका रूपमा अँगाल्दै आएका व्यक्तिको जीवनस्तर माथि उठेको पाइँदैन । दैनिक गुजारा चलाउन मात्र आरन सञ्चालन गर्दै आएको तर यसलाई आर्थिक वृद्धिको स्रोत बनाउन नसक्दा दलित युवाको यसप्रति आकर्षण बढ्न सकेको छैन । आरनमा काम गर्नेको जीवन गुणस्तरीय हुन नसकेको स्थानीयवासी हरिबहादुर खत्रीले बताउनुभयो  । स्थानीय सरकारले आरन व्यवसाय व्यवस्थित गर्न विशेष योजना बनाउनुपर्ने फलामका काम गर्दै आएकाहरुले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन