2026-09-14 04:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा छात्रा र शिक्षिकालाई सेनेटरी प्याड

चैत ८, नवलपरासी | पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा छात्रा र शिक्षिकालाई सेनेटरी प्याडको व्यवस्थापन गरिएको छ । 

विशेष गरी ग्रामीण क्षेत्रका स्कुले छात्रा महिनावारी भएको बेला विद्यालय आउन छाड्ने समस्यालाई मध्यनगर गरी सबै सामुदायिक विद्यालयमा सेनेटरी प्याडको व्यवस्थापन गरिएको हो । 

महिनावारी भएको बेला विभिन्न कारणले विद्यालय नआउने छात्रालाई विद्यालय आउने वातावरण सिर्जना गर्न आवश्यकता अनुसार सेनेटरी प्याडको व्यवस्थापन गरिएको गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरीले जानकारी दिनुभयो । 

विशेष गरी जिल्लाको ग्रामीण क्षेत्रमा अझै मधेशी वर्गमा महिनावारी हुँदा लाज मान्ने सो कुरा बाहिर नआउँदा भोलिको दिनमा स्वास्थ्यमानै समस्या देखापर्ने गरेको देखिन्छ । 

महिनावारीबारे आवश्यक जनचेतनासहित विद्यालयमा अध्ययन गर्ने छात्रा र अध्यापन गराउने शिक्षिकालाई समेत आवश्यकता अनुसार सेनेटरी प्याड विद्यालयबाटै प्राप्त गर्ने व्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत झविष्वर रेग्मीले बताउनुभयो । 

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाभित्र कूल १९ वटा सामुदायिक विद्यालय रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ