2026-10-15 11:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

पुनःस्थापना केन्द्र अधुरै

चैत ९, सिञ्जा | स्थानीय तहले बजेट विनियोजन नगरेपछि जुम्लामा निर्माणाधीन अपाङ्ग पुनःस्थापना केन्द्र वर्षौंदेखि अधुरै रहेको छ । तत्कालीन जिल्ला विकास समितिले रु २९ लाखमा अपाङ्ग पुनःस्थापना केन्द्र निर्माण थालेको हो । 

पुनःस्थापना केन्द्रका लागि त्यतिबेला रु १२ लाख विनियोजन गरिएको थियो । पछि स्थानीय तह आएपछि निर्माणाधीन भवनका लागि बजेट नछुट्टयाउँदा भवन निर्माण अधुरै रहेको अपाङ्ग महासङ्घका केन्द्रीय सदस्य नेत्रबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “बजेट कहिँतकैबाट उपलब्ध हुन सकेको छैन ।” स्थानीय तहले पुनःस्थापना केन्द्रका लागि बजेट विनियोजन नगरेको अपाङ्ग पुनःस्थापना तथा विकास केन्द्रले जनाएको छ । केन्द्रकै पहलमा तत्कालीन जिविसले पुनःस्थापना केन्द्र निर्माण थालेको थियो । 

“बजेट अभावले भवन निर्माण अलपत्र अवस्थामा छ”, केन्द्रका अध्यक्ष नन्दराज धितालले भन्नुभयो । अपाङ्गता भएका व्यक्तिलाई पुनःस्थापना गर्न तथा विभिन्न सीपमूलक तालीम सञ्चालन गरी स्वरोजगार बनाउने उद्देश्य छ । 

यसैगरी जुम्ला र डोल्पालाई जोड्ने दानसाघु पक्की पुल बजेट अभावमा अधुरै छ । पुरानो बसपार्कस्थित नगरपालिकालाई चक्रपथसँग जोड्ने पुल निर्माण पनि अधुरै छ । स्थानीय तह आएपछि तत्कालीन जिविसबाट सञ्चालित सबै योजना अधुरै रहेको जिससका कार्यक्रम अधिकृत क्षेत्रबहादुर बुढ्थापाले भन्नुभयो । “निर्माण समितिका व्यक्ति हामीकहाँ आउँछन्, हामीसिा बजेट छैन”, उहाँले भन्नुभयो । 

स्थानीय सरकारले पुराना निर्माणाधीन योजनालाई बजेट नदिएपछि अहिले काम अधुरै छाड्नु परेको दानसाघु पुलका ठेकेदार राजुसिंह कठायतले बताउनुभयो । उहाँले भन्नुभयो, “दुईपटक डिजाइन गरे । दोहोरो खर्च भयो, प्रदेश तथा सङ्घीय सरकारलाई गुहार्नु परेको छ ।” अहिले ४२ योजनाको काम ठप्प छ । सडक, पक्की पुल, भवन, खानेपानी, सिँचाइ, नहर, विद्यालय घेरबारलगायत योजना बजेट अभावमा अलपत्र छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो