२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दैलेख - DLK

दैलेखको आकाशमा प्याराग्लाइडिङ

९ चैत्र २०७५, शनिबार ०७:४६

चैत ९, दैलेख । दैलेखको आकाशमा प्याराग्लाइडिङ उडेको देखेपछि ६५ वर्षे जैमल नेपालीले भन्नुभयो, ‘‘मान्छे पनि चिल जस्ता भएर उड्न थाले ।’’ आफूहरुले सुर्खेतबाट नूनको डोको बोकेर १५ दिन लगाएर दैलेख आएको सम्झना गर्दै उहाँले भनुभयो, “मुलुक धेरै परिवर्तन भएको छ । हाम्रो पालाजस्तो छैन ।” 

दैलेखमा तीन÷चार वर्षअघि दुई पटक प्याराग्लाइडिङ्गको परीक्षण गरिएको भए पनि नियमित रुपमा उडान यस वर्ष भएको छ । 

दैलेख महोत्सवको अवसरमा पाँच दिनसम्म प्याराग्लाइडिङ सञ्चालन गरिएको थियो । महोत्सवको सबैभन्दा आकर्षक नै प्याराग्लाइडिङ रहेको दैलेख उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष शैलेश श्रेष्ठले बताउनुभयो । दैलेखमा प्याराग्लाइडिङको व्यावसायिक उडान गर्नका लागि र पञ्चकोशी क्षेत्र भ्रमणमा आउने धार्मिक पर्यटकका लागि पनि दैलेख बजारबाट प्याराग्लाइडिङको उडानको सम्भावना रहेको कोषाध्यक्ष श्रेष्ठको भनाइ छ । 

प्याराग्लाडिङका पाइलट दैलेखकै बुढा 

दैलेखमा यसपालि तीन प्याराग्लाइडिङ गरिएको थियो । दैलेखको महाबु गाउँपालिका–३ का नवीन बुढाले विगत दुई वर्षदेखि प्याराग्लाइडिङगको उडान गरिरहेका छन् । भारतमा कोर्ष पूरा गरेर नेपालमा अधिकारी उडानको जिम्मेवारी पाएका उनले द एड्भेञ्चर प्याराग्लाइडिङमा काम गरेको बताउनुभयो । अहिले दैलेखका विभिन्न सम्भावना भएका स्थानमा आफूले परीक्षण उडान गरेको बुढाको भनाइ छ । 

दैलेखका महावु, सदरमुकाम दैलेख बजारको पुरानो बजार, गिताचौरलगायतका स्थानबाट उडान गर्न सकिन्छ । उडानसँगै अन्त्यमा बस्नबका लागि पनि भू–भागको आवश्यकता पर्दछ । चैत÷वैशाखमा हावा, हुरीका कारण अलि धेरै जोखिम हुने बुढाको भनाइ छ । दैलेख सदरमुकाम टाकुरोमा भएकाले उडान गरेका सबै व्यक्ति आकाशमाथिबाट दैलेख बजार देख्दा निकै मोहित भएको बुढाको बताउनुभयो । 

महिला पनि आकाशमा 

साहसिक पर्यटनको नाम दिइएको प्याराग्लाइडिङको उडान दैलेखमा महिलाले समेत गरेका छन् । पहिलो पटक दैलेखका महिलाले आकाशमा उडेको अनुभव सुनाउँदै कमला थापाले भन्नुभयो, ‘‘निकै रमाइलो हुँदोरहेछ । जहाजमा चढेको भन्दा पनि छुट्टै अनुभव भयो ।’’ प्याराग्लाइडिङ गर्न पोखरामा जाने उहाँको धोको दैलेखमै पूरा भएको छ । कमलाजस्तै धना खड्काले पनि प्याराग्लाइडिङमा उड्दाको आनन्द शब्दमा व्यक्त गर्न नसकिने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने