२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

मुगुका कृषकद्वारा २० लाखभन्दा बढीको स्वाउका बिरुवा खरीद-बिक्रि

२०७५, १० चैत्र आईतवार १४:४३

दान बहादुर बुढा | चैत १०, मुगु | बिकट हिमाली जिल्ला मुगुमा राष्ट्रिय सडक सन्जाल जोडिएपछि स्याउको माग बढेको छ । स्याउको माग बढेसँगै मुगुमा स्याउको बिरुवा लगाउने र उत्पादन गर्ने होड नै चलेको छ । कृषकहरुका अनुसार यो बर्ष मात्र मुगुमा २० लाख भन्दा बढीका स्याउका बिरुवा खरिद बिक्रि भएको छ ।

जिल्लामा रहेका सरकारी निकाय, स्थानिय सरकार, बिभिन्न संघसंस्थाले मुगुका स्थानिय बासीहरुलाई स्याउबाट आत्मनिर्भर बनाउन प्रत्यक बर्ष अनुदानमा स्याउका बिरुवा बितरण गर्दै आईरहेको छ भने यो बर्षमा पनि स्थानिय सरकार छायानाथ रारा नगरपालिकाले १९ हजार ६ सय, सोरु गाँउपालिकाले १५ सय, मुगमकामारोङ गाँउपालिकाले ४ हजार, कृषि ज्ञान केन्द्र मुगुले १६ हजार २ सय किडाक नेपालले ५ हजार ४ सय, लगायत अन्य संघसंस्थाबाट गरी ५ हजार भन्दा बढी स्याउका बोट बितरण गरिएको तर मुगु जिल्ला भरिका कृषकहरुको स्याउका बिरुवा माग संख्या ९२ हजार माग भए पनि ४३ हजार स्याउका बिरुवा अपुग भएको छ । माग अनुसार स्वाउका बिरुवा पुर्याउनको लागी स्वाउका बिरुवा उत्पादन गर्ने कृषकहरुलाई आधुनिक प्रबिधिबाट बैज्ञानिक तरिकाबाट नर्सरी कृषहरुलाई ज्ञान दिन नसकेको कारण कृषकहरुले देखे-सिके अनुसार परम्परागत तरिकाले स्याउका बिरुवा उत्पादन गरेको हुँदा साथै छिल्लो समयमा मुगु जिल्ला राष्ट्रिय सडक सन्जालमा जोडिएको हुदा स्याउमा माग बढेको हुदा जिल्ला भरी नै स्याउका बिरुवा स्थानिय बासिले लगाउन थालेकाले माग अनुसार माग अनुसारको स्याउका बिरुवा कृषकहरुले उत्पादन गन नसकेको, कृषि ज्ञान केन्द्र जुम्ला सम्पर्क कार्यालय मुगुका प्रमुख गोबिन्द्र सिजापतिले बताएका छन ।  


'स्याउका बिरुवाबाट प्रत्यक बर्ष ३ देखी ४ लाख  रुपैया कमाउने गरेको छु । यो बर्षमा ६ हजार स्याउका बिरुवा छायानाथ रारा नगरपालिका कृषि शाखालाई दिएको छु । सरकारी दर रेट अनुसार प्रत्यक बोटको ४० रुपैयाको दरले हामी कृषकहरुले पाउनु पर्ने हो । ढुवानीको छुट्टै रकम पाउनु पर्ने हो । नगरको कृषि शाखाले लिएको छ । ३० रुपैया देखी माथि कसरी दिन्छ । अहिलेसम्म रुपैया नपाएको छायानाथ रारा गनरपालिका वडा नम नर्सरी बर १० शोभा गाँउका कृषक शुभास चन्द्र बुढाले बताएका छन । 


स्थानिय सरकार संघसंस्थाले कुनै पनि पहल नगरी आफ्नै मिहिनेतबाट ११ बर्ष पहिले ७ बर्ष भारतको हिमालचुल बाट स्वाउका बिरुवा उत्पादन लगाएत स्याउको काट-छाट गर्न सकेको हुँ । पछिल्लो समयमा स्याउका बिरुवा उत्पादन गरी ७ जना घर परिवारलाई घर खर्च छोरा छारीलाई पढाई खर्च चलाई रहेको छु । प्रत्यक बर्ष ४ लाखसम्म स्याउ, ओखर लगाएत अन्य बिरुवा बितरण गरीरहेको छु । प्रत्यक बर्ष उत्पादन भएको बिरुवा हान-थाप गरेर नर्शरीबाटै स्याउका बिरुबा बितरण हुने गरेका छन् । जिल्लाका रहेका अधिकांश कृषि प्राबिधिक भन्दा बढी ज्ञान भएको तर सरकारी तथा स्थानिय सरकारबाट केही सेवा सुबिधा पाइ दिन प्रतिदिन बिभिन्न प्रजातिका बिरुवा उत्पादन गर्ने लक्ष्य रहेको छायानाथ रारा नगरपालिका रोवा गाँउका बाच बहादुर बिकले बताएका छन । 


मुगु जिल्लाको सकै भन्दा स्याउ उत्पादन तथा पकेट क्षेत्र मानिएको छायानाथ रारा नगरपालिकाको ताल्चा, कालापाल्त, पिना, मुन्दु, कोटीला, रोवा, सोभा, बाम, माथितुम, सोरु गाँउपालिका अन्तर्गतत सोरुकोट, जिमा, ख्याल्च, श्रीपाटा, कालै, रुम, धैनकोट, मुगमकामारोङ्ग गाउँपालिका अन्तर गर्त मुगु,डोल्फु,माग्री,चिमाथ,मह,पुलु,पुव र सोरु गाँउपालिका अन्तरगत सेरी जाम, श्रीकोट, गम्थालेख, जिउका, नखर्जि, कवा, खमाले रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला