सम्राट सिंह | चैत ११, बझाङ | जिल्लाको बित्थड चिर गाउँपालिका ५ घर भएकी ८० बर्षिया बृद्ध महिला खुरकुट्टी देवी महरलाई सिडिओले घरमै गएर नागरिकता दिएका छन ।

बित्थड चिर गाउँपालिकाको देउलेखमा नागरिकता शिबिर संञ्चालन भई रहेको अवस्थामा असक्त महिलाका आफन्तले सिडिओ सुनारलाई असक्त महरको अवस्थाका बारेमा जानकारी दिएपछि २ घण्टा पैदल हिँडेर उनको घरमै गएर नागरिकता दिएका हुन ।

यसरी २ घण्टा पैदल हिँडेर सिडिओले नागरिकता दिएपछि असक्त महिला खुरकुट्टी महरले खुसी हुँदै भनिन् सरकारको जय होस । उनी नागरिकता पाएपछि अब बृद्घ भत्ता पाउने भन्दै खुसी भएकी छन ।

आँखा पनि नदेख्ने र बोल्न पनि नसक्ने असक्त बृद्ध महिला को बारेमा उनका आफन्तले जानकारी दिएपछि महरलाई उनकै घरमा गएर नागरिकता दिएको प्रमुख जिल्ला अधिकारी शुरेश सुनारले बताए । आफु जनताको पहरेदार भएकाले जनताको घरमा नै गएर सेवा दिन पाउँदा आफुलाई खुसी लागेको उनको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न ठाउँमा नागरिकता शिबिर संञ्चालन गर्दै आएको छ । शिबिर संञ्चालन गर्दा जिल्लाका असक्त,अपाङ्ग,बृद्घ लगायत न्यून आय भएका सम्पूर्णलाई लाभ भएको छ ।

गाउँपालिकामा संञ्चालित नागरिकता शिबिर कार्यक्रममा ४ सय ५२ महिला र २ सय ३१ पुरुष गरी जम्मा ७ सय ५ जनालाई नागरिकता बितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताए । उनले जिल्ला प्रशासनले अझै जिल्लाको विभिन्न ठाउँमा नागरिकता शिबिर संञ्चालन गर्ने जनाएको छ ।

सिडिओले घरमै गएर ८० बर्षिया महरलाई दिए नागरिकता
Leave a Comment