२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगार : स्वास्थ्य संस्थाको सूचीकरणका लागि आह्वान

२०७५, १३ चैत्र बुधबार ०७:४९

चैत १३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बैदेशिक रोजगारीको लागि कामदारको स्वास्थ्य परीक्षण गर्न नयाँ स्वास्थ्य संस्थाको सूचीकरणका लागि आह्वान गरेको छ । २०६९ पश्च्यात सीमित संस्थाले मात्र सिन्डिकेट गरेको भन्दै सरकारले अब मापदण्ड पूरा गर्ने नीजि तथा सरकारी दुवै स्वास्थ्य संस्थालाई मेडिकल परीक्षण गर्न दिने गरि सूचीकरण प्रक्रियामा सहभागी हुन आह्वान गरेको हो । 

सूचीकरण भएका संस्थाको अनुगमन गरि मापदण्ड पुग्ने संस्थालाई वैदेशिक रोजगारीका लागि जाने कामदारको स्वास्थ्य परीक्षण गर्न पाउनेछन् । २०६९ सालपछि नयाँ संस्था दर्ता र सूचीकरण प्रक्रिया रोकिएको थियो । वैदेशिक रोजगार नियमावली २०६४ र स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि २०७२ मा स्वास्थ्य परीक्षण गर्ने संस्थाहरुको सूचीकरण गर्नुपर्ने व्यवस्था छ। त्यही अनुरुप बुधबार एक सूचना जारी गर्दै थप नयाँ स्वास्थ्य संस्थाहरुको सूचीकरण प्रक्रिया अघि बढाएको मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले जानकारी दिए ।

मन्त्रालयले सूचीकरणका लागि इच्छुक संस्थालाई १० दिनभित्र आवेदन दिन समय तोकेको छ । श्रम मन्त्रालयका अनुसार, इच्छुक संस्थाले तोकिएको कागजातसहितको विवरण संलग्न गरी मन्त्रालयको कानून तथा फैसला शाखामा निवेदन दर्ता गराउन सक्नेछन् । हाल २२६ वटा स्वास्थ्य संस्थाले मात्रै अनुमति नवीकरण गर्दै विदेश जाने कामदारको स्वास्थ्य परीक्षण गराउँदै आएका छन् ।





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो