२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाको रोजगारी अर्को हप्ताबाट खुल्ने, स्वास्थ्य परीक्षण गर्ने संस्था छनौट हुँदै

१३ चैत्र २०७५, बुधबार १६:२०

मनोज पराजुली, चैत १३, काठमाण्डौ । गत जेठ महिनादेखि रोकिएको मलेसियाको रोजगारी आगामी साताबाट खुलाउने तयारी भएको छ । पहिलो चरणमा चरणमा मलेसियाको कलिंङ्ग भिषा लागेका कामदार पठाउने तयारी भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय श्रोतले साझा सबाललाई जानकारी दिएको छ । 

श्रम मन्त्री गोकर्ण विष्टले आज नेपाल बैदेशिक रोजगार व्यवसायी सघ लगायत केहि अन्य म्यानपावर व्यवसायीलाई छलफलका लागि मन्त्रालयमा बोलाएका थिए । हाल कलिङ भिसा प्राप्त गरेका कामदारबारे संघले म्यानपावर व्यवसायीसंग सहकार्य गरि अन्तिम श्रम स्वीकृतिको लागि सहजीकरण गर्न मन्त्री ज्युले मौखिक निर्देशन दिनुभएको छ, छलफलमा सहभागी एक व्यवसायीले भने ''बैदेशिक रोजगार बिभाग र संघ विच लिखित सहमति पश्च्यात संघले आवश्यक सहयोग गर्ने सहमति भएको हो , विभागले संघलाई लिखित पत्र  दिएको दिनबाट प्रक्रिया शुरु हुन्छ ।"  संघको अनुसार करिब ७ हजार कामदार कलिङ भिसा आएर पनि मलेसिया जान पाएका छैनन्। 

नयाँ प्रक्रिया मार्फत जाने कामदारका लागि भने मलेसियाले केही दिनअघि पठाएको स्वास्थ्य परीक्षणको नयाँ मापदण्ड अनुसार प्रक्रिया शुरु हुनेभएकोले अझै केही समय लाग्नेछ । मलेसियाले अघिल्लो हप्ता स्वास्थ्य परीक्षणको मापदण्ड पठाएपछि मन्त्रालयले स्वास्थ्य संस्थालाई सूचीकरणको आह्वान गर्ने तयारी गरेको मन्त्रालय श्रोतले जानकारी दिएको छ । 

मलेसियाले पठाएको मापदण्ड पनि केहि दिन भित्रमा नै सार्वजनिक गर्ने मन्त्रालयको तयारी छ। साथै निजी मेडिकल संस्था बाहेक सरकारी संस्थालाई पनि सूचीकरण प्रक्रियामा आउन मिल्ने गरि सूचना आह्वान गर्ने तयारी गरिएको मन्त्रालय श्रोतले जानकारी दिएको छ ।  प्राप्त निवेदनको आधारमा मापदण्ड पुगेका सूचीकृत स्वास्थ्य संस्थाको छनोट गरी मलेसिया टोलि मार्फत स्वास्थ्य संस्थाको अनुगमन पश्च्यात सरकारले निर्णय गरि स्वास्थ्य परीक्षणको लागि अनुमति दिनेछ । यस अघि ३७ वटा मेडिकल संस्थाले सिन्डिकेट कायम गरि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्दै आएका थिए । 

गत जेठ महिनामा श्रम मन्त्री गोकर्ण विष्टले रोजगारका लागि मलेसिया जाने नेपाली कामदारमाथि स्वास्थ्य परीक्षण लगायतका नाममा आर्थिक भार लगाउने संस्थालाई खारेज गर्ने निर्णय गरेपछि मलेसियाको रोजगारी बन्द भएको थियो । सो पश्च्यात नेपाल र मलेसियाबीच भएको श्रम समझदारीमा स्वास्थ्य परीक्षणलगायतका अरु सबै प्रक्रिया निःशुल्क हुने र त्यसको खर्च मलेसियाका रोजगारदाताले नै व्यहोर्ने सहमति भएको थियो । समझदारी पत्रमा हस्ताक्षर भएपनि मन्त्री विष्टले मेडिकल संस्थाको सिन्डिकेट नहटेसम्म कामदार नपठाउने अडान लिएपछि मलेसियाले बाध्य भएर नयाँ मापदण्ड पठाएको हो। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान