२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीबाट भरुवा बन्दूकसहित एक जना पक्राउ

१५ चैत्र २०७५, शुक्रबार ०८:३०

चैत १५, डोटी | दक्षिणी क्षेत्रमा पर्ने बडीकेदार गाउँपालिका – ३ घागलस्थित धारापानीबाट भरुवा बन्दूकसहित एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ । भरुवा बन्दूकसहित पक्राउ पर्नेमा घागल बस्ने ३५ वर्षीय प्रेमबहादुर बिठाडी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लालबहादुर धामीले जानकारी दिनुभयो । 

जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी घागलको गस्तीमा गएको संयुक्त प्रहरी टोलीले एक नाले भरुवा बन्दूकसहित जङ्गलमा घुमिरहेको अवस्थामा बिठाडीलाई पक्राउ गरेको हो । विनाइजाजतको हतियार बोकेकाले अभियुक्त बिठाडीलाई हातहतियार खरखजाना तथा विस्फोटक पदार्थ कसूरअन्तर्गत कारवाही हुने प्रहरी नायब उपरीक्षक धामीले जानकारी दिनुभयो । अभियुक्त बिठाडीलाई अहिले प्रहरीले जिल्ला प्रहरी कार्यालय डोटीमा राखी बयान लिइरहेको छ । 

एचआइभी सङ्क्रमितलाई सम्मान 

एक गैरसरकारी संस्थाले आफ्नो स्थापना दिवसको अवसर पारेर जिल्लाका एचआइभी सङ्क्रमितलाई आज सम्मान गरेको छ । गुड नेवर्स इण्टरनेशनल नेपालका जिल्ला कार्यक्रम संयोजक रञ्जितकुमार चौधरीका अनुसार जिल्लाका विभिन्न स्थानीय तहका एचआइभी सङ्क्रमित बालबालिकासहित २० जनालाई सम्मानका साथ फलफूल विततरण गरियो । 

दिपायल सिलगढी नगरपालिका वडा नं ६ का वडाध्यक्ष सन्तोष बोहरा र वडा नं ८ का वडाध्यक्ष रामबहादुर खड्का तथा स्वास्थ्य कार्यालयका प्रमुख डा भूषण मिश्रले एचआइभी सङ्क्रमितका पक्षमा काम गर्न तयार रहेको बताउनुभयो । 

कार्यक्रममा लालीगुँरास एकता समाजका अध्यक्ष कमला मल्लले सामाजिक रुपमा सहज जीवनयापनका लागि सङ्क्रमितलाई स्वास्थ्य र आयआर्जनका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । जिल्ला अस्पतालमा रहेको तथ्याङ्कानुसार जिल्लामा कम्तीमा ९०६ जनामा एचआइभीको सङ्क्रमण रहेको पाइएको छ । तीमध्ये ५० बालबालिका मात्रै छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य