२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीः ५६ प्रतिशत वैदेशिक रोजगार ठगीका मुद्दा नेपालभित्रैका

१५ चैत्र २०७५, शुक्रबार ०९:५६

मीना घोरसाइने, चैत १५, काठमाडौँ (रासस) । वैदेशिक रोजगारीका नाममा नेपालभित्रै हुने ठगीका मुद्दा बढी पर्ने गरेको देखिएको छ । नागरिक अधिकारका लागि जनमञ्च (पिपुल फोरम) को चार महिनाको तथ्याङ्कानुसार गत मङ्सिरदेखि फागुनसम्म मात्र ५६ प्रतिशत वैदेशिक रोजगार ठगीका मुद्दा नेपालभित्रै भएको ठगीअन्तर्गत दर्ता भएका छन् । 

त्यसैगरी टर्कीमा भएको ठगी दोस्रो नम्बरमा छ । टर्कीका १८ प्रतिशत ठगीका मुद्दा दर्ता भएका छन् भने तेस्रो नम्बरमा रहेको कतारका ११ प्रतिशत मुद्दा फोरममा दर्ता भएका छन् । जिल्लागत रुपमा सुनसरी पहिलो नम्बरमा छ भने दोस्रो नम्बरमा सर्लाही छ । त्यसैगरी तेस्रो नम्बरमा झापा छ । त्यसैगरी चार महिनामा व्यक्तिगत उजूरीका दाँजोमा संस्थागत उजूरी नै बढी छन् । चार महिनामा संस्थागत ठगीका उजुरुी ७० प्रतिशत छ भने व्यक्तिगत उजूरी ३० प्रतिशत छ । 

त्यस्तै लिङ्गका आधारमा हेर्दा महिलाको दाँजोमा पुरुषहरु बढी ठगीमा परेको देखिएको छ । तथ्याङ्कानुसार पुरुषका ९२ प्रतिशत उजूरी छन् भने महिलाका आठ प्रतिशत मात्र उजूरी छन् । त्यसैगरी जातिगत रुपमा हेर्दा ३८ प्रतिशत ब्राह्मण÷क्षेत्री समुदाय, ३६ प्रतिशत जनजाति, १६ प्रतिशत मधेशी, नौ प्रतिशत दलित र एक प्रतिशत अन्य जातजातिका उजूरी परेका छन् । त्यसैगरी ठगीको प्रकृतिका आधारमा हेर्दा प्रलोभन देखाएर स्वदेशभित्रैका ५० प्रतिशत ठगीका मुद्दा दर्ता भएका छन् । त्यस्तै भनेको जस्तो काम र तलब नपाउने अन्तर्गत १४ प्रतिशत, कम ज्यालामा आठ प्रतिशत, उद्धार र तलब नदिएकामा पाँच प्रतिशत र राहदानी नदिइएकामा दुई प्रतिशत उजुरी दर्ता भएका छन् । दुई प्रतिशतलाई फोरमले आर्थिक सहयोगसमेत गरेको छ । 

फोरमले आर्थिक वर्ष २०७५/०७६ को फागुन मसान्तसम्म मात्र १६ हजार ७६३ जनालाई कानूनी सहायता दिएको छ । फोरमले गरेको कानूनी सहायताअन्तर्गत रु ६० करोड एक लाख नौ हजार ६८५ विगोवापतको रकम उठाउन सफल भएको छ । 

कानूनमै त्रुटि 

वैदेशिक रोजगार ऐन २०६४ मा व्यवसायीको धरौटीमा वृद्धि, दूतावासबाट मागपत्रको प्रमाणीकरण र दूतावासबाट श्रम स्वीकृतिलगायत १० विषयमा संशोधन गरिएको थियो । 

ऐनको दफा ४३ मा ‘इजाजतपत्र नलिई वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरेमा हुने सजायअन्तर्गत कसैले दफा ९ विपरीत इजाजतपत्र नलिई वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरेमा वा कसैलाई वैदेशिक रोजगारमा लगाइदिन्छु भनी झूटो आश्वासन दिई वा प्रलोभन देखाई वैदेशिक रोजगारीमा लगाइदिने उद्देश्यले कुनै रकम लिएमा वा विदेश पठाएमा त्यसरी लिएको रकम र सोको ५० प्रतिशतले हुने रकम हर्जानावापत असूल गरी त्यस्तो व्यक्तिलाई विदेश जान र आउन लागेको खर्चसमेत भराई 

निजलाई रु तीन लाखदेखि पाँच लाखसम्म जरिवाना र तीन वर्षदेखि सात वर्षसम्म कैद हुनेछ’ भन्ने व्यवस्था गरिएको छ । उजूरीका सम्बन्धमा भने ‘यस ऐनबमोजिम विभागसमक्ष उजूरी गर्न सकिने विषयमा सम्बन्धित जिल्लास्थित प्रमुख जिल्ला अधिकारी समक्ष समेत उजुरी दिन सकिनेछ’ भन्नेसमेत उल्लेख छ । 

उक्त संशोधन स्वागतयोग्य भए पनि प्रमुख जिल्ला अधिकारीलाई दिइएको अधिकारमा भने केही संशोधन हुनुपर्ने फोरमका संस्थापक अध्यक्ष सोम लुइँटेल बताउनुहुन्छ । “कारवाहीको व्यवस्था अझै खारेज नभएकाले यसमा अझै केही चुनौती नै छ”, उहाँले भन्नुभयो । वैदेशिक रोजगारविज्ञ लुइँटेलले वैदेशिक रोजगार नियमावली संशोधन गरी प्रजिअले मेलमिलाप गर्न सक्ने विषय र कार्यविधि तोक्नुपर्ने, जिल्ला प्रशासन कार्यालय र सरोकार पक्षको क्षमता अभिवृद्धि गर्नुपर्ने, संशोधित कानूनी व्यवस्थाबारे जनचेतना जगाउनुपर्ने, जिल्लास्तरमा सेवा विस्तार गर्नुपर्ने र कानूनी व्यवस्था कार्यान्वयनका लागि वकालत र खबरदारी गर्नुपर्ने सुझाव दिनुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान