पढ्न करिब 1 मिनेट लाग्छ

चैत १६, नेपालगञ्ज | नेपालगञ्ज उपमहानगरपालिका ५ डीएसपी रोडस्थित एउटा घरमा हतियार कारखाना फेला परेको छ ।

वडा प्रहरी कार्यालय र प्रदेश ५ प्रहरी अनुसन्धान समूहले संयुक्त रुपमा छापा मार्दा बनाइरहेको अवस्थामा जंगवीर नेपाली पक्राउ परेका छन् ।

घर खानतलासी गर्दा हतियारमा प्रयोग हुने नाल १० थान, काठको कुन्दा ७ थान, हतियारमा नम्बर ठोक्न प्रयोग हुने साँचो २६ थान, एयर गन पेस्तोल १ थान, लामो स्प्रिङ ३ थान, बाकस बरामद भएको वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख निरीक्षक नारायण डाँगीले जनाकारी दिए ।

प्रहरी टोली पुग्दा नेपाली दुई तले पक्की घरको भुइँतलाको साँघुरो कोठामा हतियार बनाउँदै थिए ।

- यो समाचार शंकरप्रसाद खनालले अन्नपूर्णमा लेखेका छन् ।