पर्वत । नेपाल विद्यार्थी संघ नगर कार्य समिति फलेवास नगरपालिकाले शैक्षिक सामग्री सहित झोला वितरण गरेको छ । पर्वतको फलेवास नगरपालिका–८ थानामौलामा अवस्थित तिनधारे प्राथमिक विद्यालयमा अध्ययनरत ५८ जना विद्यार्थीलाई शैक्षिक सामग्री सहित झोला वितरण गरेको हो ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । नेपाल विद्यार्थी संघ नगर कार्य समिति फलेवास नगरपालिकाले शैक्षिक सामग्री सहित झोला वितरण गरेको छ । पर्वतको फलेवास नगरपालिका–८ थानामौलामा अवस्थित तिनधारे प्राथमिक विद्यालयमा अध्ययनरत ५८ जना विद्यार्थीलाई शैक्षिक सामग्री सहित झोला वितरण गरेको हो ।

२३ मंसिर २०८२, सोमबार
पर्बत - PBT

नेविसंघ फलेवासको उदाहरणीय काम ५८ जना विद्यार्थीलाई शैक्षिक सामग्रीसहित झोला वितरण

१६ चैत्र २०७५, शनिबार ०९:१७

पर्वत । नेपाल विद्यार्थी संघ नगर कार्य समिति फलेवास नगरपालिकाले शैक्षिक सामग्री सहित झोला वितरण गरेको छ । पर्वतको फलेवास नगरपालिका–८ थानामौलामा अवस्थित तिनधारे प्राथमिक विद्यालयमा अध्ययनरत ५८ जना विद्यार्थीलाई शैक्षिक सामग्री सहित झोला वितरण गरेको हो ।

गरिव, दलित तथा विपन्न समुदायका बालबालिकाको शैक्षिक स्तरलाई सहयोग पु¥याउने उद्देश्यले  शैक्षिक सामग्री वितरण गरेको नेपाल विद्यार्थी संघ नगर कार्य समिति फलेवासका संयोजक सन्तोष पाठकले जानकारी दिनुभयो । विद्यार्थीको शैक्षिक तथा पारिवारिक अवस्थालाई मध्येनजर गदै तिनधारे प्राविमा शैक्षिक सामग्री वितरण गरेको पाठकले बताउनु भयो ।

नेवि संघ फलेवास नगर समितिले यस अघि नगरका धेरै वडामा शैक्षिक सामग्री वितरण गरेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा नेपाली काँग्रेसका महासमिति सदस्य गंगाधर तिवारीले नेपाल विद्यार्थी संघ विद्यार्थीको हकहितमा काम गर्ने संगठन भएको बताउनु भयो । उहाँले उक्त शैक्षिक सामग्रीले बालबालिकाको पठनपाठनमा सहयोग पुग्ने बताउनु भयो ।

फलेवास नगरपालिका मेयरका प्रत्यासी समेत रहेका तिवारीले नगरपालिकाले शिक्षा क्षेत्र सुधार गर्न नसकेको बताउनु भयो । उहाँले सस्तो र लोकप्रिय नारा बाँडेर जनतालाई भ्रममा पारेको बताउँदै नगरका सामुदायिक विद्यालयको शैक्षिक अवस्था खस्किदै गएको बताउनु भयो । नगरपालिकाले जनतालाई अनआवश्यक कर लगाएर दुःख दिएको बताउँदै कर घटाउन माग गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस फलेवास नगरपालिका संयोजक हिरामणि सापकोटा, नेपाल विद्यार्थी संघ पर्वतका सभापति मिलन सुवेदी, फलेवास नगरपालिका–८ ठानामौलाका वडाध्यक्ष मानवहादुर कुवँर, विद्यालयका अध्यक्ष बलवहादुर केसी, प्रधानाध्यापक यामवहादुर घर्ती, नेपाली काँग्रेसका युवा नेता प्रमोद पाण्डे, नेपाली काँग्रेस ठानामौलाका सभापति हेमराज कुवँर, नेपाल दलित संघका सभापति याम परियार‘शिव’,नेपाल विद्यार्थी संघ पर्वतका सचिव बरदान पौडेल, नेपाल तरुण दल फलेवास नगरपालिका संयोजक दिनेश लामिछाने लगायतले मन्तव्य राख्नुभएको थियो ।

नेपाल विद्यार्थी संघ नगर कार्य समिति फलेवास नगरपालिका संयोजक सन्तोष पाठकको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक सरोज खनाल र कार्यक्रमको संञ्चालन नेपाल विद्यार्थी संघ फलेवास नगरपालिकाका सचिव गोविन्द तिवारी र विद्यार्थी नेता शिशिर शर्मा पौडेलले गर्नुभएको थियो ।

फागुन ७ गते गिरीजाप्रसाद कोइरालाको नवौ स्मृति दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा विशेष कारणले रोकिएको थियो । सोही अवसरमा नेपाल विद्यार्थी संघ नगर कार्य समिति फलेवास नगरपालिकाले आज कार्यक्रम गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता