२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन्दिप लामिछानेले चारै ओभर खेले: अन्तिम ओभर सबैभन्दा महँगो

२०७५, १६ चैत्र शनिबार १६:११

चैत १६, काठमाडौँ | ईन्डियन प्रिमियर लिग (IPL) सिजन १२ अन्तर्गतको खेलमा पहिलो पटक खेलेका नेपाली खेलाडी सन्दिप लामिछानेले आजको खेलमा चारै ओभर खेल्दै १ विकेट लिए भने अर्को १ वीकेटको लागि महत्वपूर्ण सहयोग गरे ।

सन्दिप लामिछानेले ४ ओभरको खेलमा २९ रन दिएर इकोनोमी रेट ७.२५ प्राप्त गरे । ३ ओभरमा उत्कृष्ट बलिङ गरेका सन्दिप लामिछानेले आफ्नो चौथो तथा अन्तिम ओभरको खेलमा कोलकाताका माहिर ब्याट्सम्यान आन्द्रे रसेलसँगको निकै महँगो खेल खेले ।

कोलकातालाई कुल २९ रन मात्र दिएका सन्दिपले आफ्नो अन्तिम ओभरको खेलमा १७ रन दिए । जसमा कोलकाताका दिनेश कार्तिकलाई ५ रन र आन्द्रे रसेललाई २ छक्का हान्ने अवसर दिए । 


यसका बाबजुत खेलको चौथो ओभरको खेल चल्दै गर्दा सन्दिपले IPL सिजन १२ को आफ्नो पहिलो विकेट लिए । उनले कोलकाताका निखिल नायकको विकेट लिएका थिए । त्यसपछि खेलको ११ औं ओभर चल्दै गर्दा सन्दिप लामिछानेको बलिङमा सुभमान गील रन आउट भए । जसमा बाउन्ड्रीलाइन पुग्नै लागेको बललाई नियन्त्रणमा लिएर फिर्ता आएको बललाई सन्दिप लामिछानेले रन आउट गरिदिएका थिए । 

सन्दिपको ४ ओभर

दोश्रो ओभर (१ रन) : 0-0-0-0-0-1

चौथो ओभर (६ रन) : 1-0-0-w-4-1

दशौँ ओभर (५ रन) : 2w-1-0-1-1-0

बाह्रौँ ओभर (१७ रन) : 0-0-4-1-6-6

सन्दिप आवद्द दिल्ली क्यापिटल्सले आज आफ्नो तेस्रो खेल दिनेश कात्र्तिक नेतृत्वको कोलकत्ता नाइटराइडर विरुद्ध खेल्दैछ ।

यस अघिको खेलमै सन्दिपको माग गरिएको थियो । क्रिकेट प्रेमीहरुले अघिल्लो खेलमा दिल्लीको फिल्डीङमा सन्दिपको अभाव भएको भन्दै आलोचना गरेका थिए । विश्वभरिकै अधिकांश लिगहरुमा राम्रो प्रदर्शन गरेको हुनाले सन्दिपको माग दिल्लीका समर्थकहरुले गरेका हुन् । 

उनी लेग स्पिनर खेलडी हुन् । अघिल्लो दुइ वटै म्याच खेल्न नपाएका सन्दिपले आज खेल्न पाएपछि नेपाली समर्थकहरु निकै हौसिएका छन् । अहिले सन्दिपको टोली दिल्लीले टस जितेर पहिले फिल्डीङ गरिरहेको छ । १७ औं ओभरको खेलसम्ममा कोलकाताले ५ विकेटको क्षेतीमा १४५ रन जम्मा गरेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो