२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाको रोजगारी खुल्यो, पहिलो चरणमा कलिङ भिषा आएकाहरुले सोमबारदेखि श्रम स्वीकृति पाउने

१७ चैत्र २०७५, आईतवार ११:०६

मनोज पराजुली, चैत्र १७, काठमाडौं । विगत १० महिनादेखि बन्द रहेको मलेसिया रोजगारी भोलि (सोमबार) बाट खुल्ने भएको छ । पहिलो चरणमा कलिङ भिषा आएका कामदारहरुको लागि मात्र श्रम स्वीकृति खुला गरिन लागेको हो ।भोलिबाट कलिङ भिषा आइसकेकाहरुको लागि नेपाल बैदेशिक रोजगार व्यवसायी संघको सहजीकरणमा बैदेशिक रोजगार विभागले आवश्यक प्रक्रिया शुरु गर्नेगरि पत्र प्राप्त भएको संघका महासचिव नरेश गेलानले साझा सबाललाई जानकारी दिए । प्रक्रिया पुगेकाहरुले संघको सहजीकरणमा विभाग मार्फत सोझै श्रम स्वीकृति लिन सकिने व्यवस्था भएको गेलानले बताए । 

प्रक्रिया नपुगेकाहरुले संघको सहजिकरणमा गत कार्तिक १२ गते नेपाल र मलेसिया बीच भएको कामदार आदन प्रदान र फिर्ती सम्बन्धी श्रम समझदारीको मर्म र भावना विपरीत नहुनेगरी आवश्यक प्रक्रिया शुरु गर्न सक्ने उनले बताए ।

केही समयअघि वैदेशिक रोजगार विभागले मलेसियाका लागि म्यानपावर कम्पनीमार्फत कलिङ भिषा प्राप्त गरेका सबै कामदारको विवरण माग गरेको थियो । सो क्रममा कलिङ भिषा प्राप्त गर्ने कामदार ९ हजारभन्दा बढी रहेको बताइएको थियो । तर अहिले भने कलिङ भिषा आएका कामदारहरुको संख्या करिव ७ हजारको हाराहारीमा रहेको अनुमान गरिएको महासचिव गेलानले जानकारी दिए। 

यस अघि बुधबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले कलिङ भिषा आएकाहरुको लागि श्रम स्वीकृति दिन तयार भएको भन्दै आवश्यक सहजीकरण गरिदिन व्यवसायी सघलाई आग्रह गरेका थिए। साथै नयाँ प्रक्रिया अनुरुप मलेसिया जानको लागि भने अझै केहि समय लाग्ने श्रम मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान