2026-09-04 12:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाको रोजगारी खुल्यो, पहिलो चरणमा कलिङ भिषा आएकाहरुले सोमबारदेखि श्रम स्वीकृति पाउने

मनोज पराजुली, चैत्र १७, काठमाडौं । विगत १० महिनादेखि बन्द रहेको मलेसिया रोजगारी भोलि (सोमबार) बाट खुल्ने भएको छ । पहिलो चरणमा कलिङ भिषा आएका कामदारहरुको लागि मात्र श्रम स्वीकृति खुला गरिन लागेको हो ।भोलिबाट कलिङ भिषा आइसकेकाहरुको लागि नेपाल बैदेशिक रोजगार व्यवसायी संघको सहजीकरणमा बैदेशिक रोजगार विभागले आवश्यक प्रक्रिया शुरु गर्नेगरि पत्र प्राप्त भएको संघका महासचिव नरेश गेलानले साझा सबाललाई जानकारी दिए । प्रक्रिया पुगेकाहरुले संघको सहजीकरणमा विभाग मार्फत सोझै श्रम स्वीकृति लिन सकिने व्यवस्था भएको गेलानले बताए । 

प्रक्रिया नपुगेकाहरुले संघको सहजिकरणमा गत कार्तिक १२ गते नेपाल र मलेसिया बीच भएको कामदार आदन प्रदान र फिर्ती सम्बन्धी श्रम समझदारीको मर्म र भावना विपरीत नहुनेगरी आवश्यक प्रक्रिया शुरु गर्न सक्ने उनले बताए ।

केही समयअघि वैदेशिक रोजगार विभागले मलेसियाका लागि म्यानपावर कम्पनीमार्फत कलिङ भिषा प्राप्त गरेका सबै कामदारको विवरण माग गरेको थियो । सो क्रममा कलिङ भिषा प्राप्त गर्ने कामदार ९ हजारभन्दा बढी रहेको बताइएको थियो । तर अहिले भने कलिङ भिषा आएका कामदारहरुको संख्या करिव ७ हजारको हाराहारीमा रहेको अनुमान गरिएको महासचिव गेलानले जानकारी दिए। 

यस अघि बुधबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले कलिङ भिषा आएकाहरुको लागि श्रम स्वीकृति दिन तयार भएको भन्दै आवश्यक सहजीकरण गरिदिन व्यवसायी सघलाई आग्रह गरेका थिए। साथै नयाँ प्रक्रिया अनुरुप मलेसिया जानको लागि भने अझै केहि समय लाग्ने श्रम मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै