2026-09-04 12:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसिया रोजगारीका लागि स्वास्थ्य संस्थाको सिण्डिकेट समाप्त हुँदै, सोमबारबाट स्वास्थ्यसंस्था सूचीकरण

चैत्र १८, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया जाने कामदारहरुको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य संस्था सूचीकरण प्रक्रिया शुरु गरेको छ । मन्त्रालयले सोमबार एक सूचना जारि गर्दै मलेसिया जाने  कामदारको स्वास्थ्य परीक्षण गर्न मन्त्रालयमा सूचीकरण भएका र सूचिकणका लागि मापदण्ड पुरा गरि सूचिकृत हुन चाहने सरकारी अस्पताल, मेडिकल कलेज, निजी अस्पताल, नर्सिङ्ग होम र पोलिक्लिनिक लगायतका स्वास्थ्य संस्थाहरुले १५ दिन भित्र रित पुर्वक निवेदन दिनको लागि आह्वान गरेको हो  ।

मलेसियाको लागि सीमित संस्थाले मात्र सिन्डिकेट गरेको भन्दै सरकारले गत जेठ २ गतेबाट ति संस्थालाई खारेज गरेको थियो । त्यस पश्च्यात सरकारले मलेसियामा नेपाली कामदार पठाउन रोक लगाएको थियो । नेपाल सरकार र मलेसिया सरकार विच गत कार्तिक १२ गते भएको श्रम समझदारी अनुरुप अब मापदण्ड पूरा गर्ने नीजि तथा सरकारी दुवै स्वास्थ्य संस्थालाई स्वास्थ्य  परीक्षण गर्न दिने गरि सूचीकरण प्रक्रियामा सहभागी हुन सक्ने मन्त्रालयले जनाएको छ  । 

सूचीकरण भएका संस्थाको अनुगमन गरि मापदण्ड पुग्ने संस्थालाई मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न पाउनेछन् ।  वैदेशिक रोजगार नियमावली २०६४ र स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि २०७२ मा स्वास्थ्य परीक्षण गर्ने संस्थाहरुको सूचीकरण गर्नुपर्ने व्यवस्था छ। 

श्रम मन्त्रालयका अनुसार, इच्छुक संस्थाले तोकिएको कागजातसहितको विवरण संलग्न गरी मन्त्रालयको कानून तथा फैसला शाखामा निवेदन दर्ता गराउन सक्नेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै