पढ्न करिब 1 मिनेट लाग्छ
<p>चैत १९, रोल्पा (रासस) | गएराति आएको चट्याङमा परी रोल्पाका एक युवाको ज्यान गएको छ । माडी गाउँपालिका–५ भाबाङ सरुवाका २७ वर्षीय ज्योती परियारको चट्याङमा परी मृत्यु भएको हो । <br></p><p>खाना खादै गरेका परियार चट्याङमा परेका थिए । हावाहुरीसँगै आएको चट्याङमा परी परियारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।</p><p> घटनामा एक जनाको मृत्यु भए पनि अन्य क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक लिलाराम आचार्यले जानकारी दिनुभयो । </p>

