2026-06-28 07:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन्दिपको लागि तेश्रो खेल महँगो सावित: हैदरावादद्वारा ५ विकेटले पराजित

चैत २२, काठमाडौँ | आईपीएलको १६ औं खेल फिरोजशाह कोटला स्टेडियममा भएको खेलमा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई ५ विकेट ले पराजित गरेको छ । १३० रनको लक्ष्य पछ्याएको हैदराबादले १८.३ ओभरको खेलमा उक्त लक्ष्य हाँशिल गर्दै दिल्लीलाई पराजित गरेको हो । यो संगै हैदरावादको दिल्लीबिरुद्ध लगातार तेश्रो जीत हो । उसले पछिल्लो सीजनमा दिल्लीलाई २ पटक पराजित गरेको थियो । 


हैदराबादको लागि जनी बेयरस्टोले सर्वाधिक ४८ रन बनाएर दिल्लीले दिएको लक्ष्यमा पुग्न निकै महत्वपूर्ण योगदान दिएका थिए । उनले २८ बलको पारीमा चौका र छक्का प्रहार गर्दै दिल्ली बिरुद्ध निकै आकर्षक पारी खेले । उनले डेविड वार्नर (१० रन) सँग पहिलो विकेटको लागि ६४ रनको फराकिलो साझेदारी गरे । मोहम्मद नबी ९ बलमा १७ रन बनाएर नटआउट रहे । विजय शंकरले १६ रनको योगदान दिए । दिल्लीको लागि सन्दीप लामिछाने, अक्षर पटेल, कगिसो रबाडा, राहुल तेवतिया र इशांत शर्माले १/१ विकेट लिन सफल भए ।


त्यस अघि दिल्लीको लागि कप्तान श्रेयस अय्यरले सर्वाधिक रन बनाए । दिल्लीले २० ओभरको खेलमा ८ विकेटमा १२९ रन बनाएको थियो । उसको लागि कप्तान श्रेयस अय्यरले सर्वाधिक ४३ रन बनाए । त्यस्तै अक्षर पटेलले अन्तिम ओभरसम्ममा १३ बलमा २३ रन बनाएर स्कोर केहि पर धकेल्न सफल भए । उनले २ छक्का प्रहार गरे । दिल्लीको विकेट लिने क्रममा हैदराबादको लागि मोहम्मद नबी, कप्तान भुवनेश्वर कुमार र सिद्धार्थ कौलले २/२ विकेट लिए । हैदराबादले टस जितेर फिल्ड रोजेको थियो । दिल्लीको पहिलो विकेट पृथ्वी साको रुपमा गिर्न पुग्यो । उनि ११ रनको निजी स्कोरमा भुवनेश्वर कुमारको बलिङमा बोल्ड हुन पुगे । मोहम्मद नबीले शिखर धवनलाई १२ रन र ऋषभ पन्तलाई ५ रनको स्कोरमै आउट गरेका थिए । त्यस्तै राहुल तेवतियाले ५ रन बनाउदा संदीप शर्माले आउट गरेका थिए । त्यस्तै क्व़ालिन इनग्राम पनि ५ रनको स्कोर मात्र बनाउन सकेर आउट भए । राशिद खानले कप्तान श्रेयस अय्यरलाई आउट गरेका थिए ।


नेपालका सन्दिप लामिछानेका लागि महँगो खेल 

नेपालबाट आइपीएल खेल्दै गरेका सन्दिप लामिछानेको लागि आजको खेल IPL 2019 को तीन खेलकै सबैभन्दा बढी महँगो सावित हुन पुग्यो । उनले आफ्नो ४ ओभरको खेलमा १ विकेट लिएर १० डट बल खेल्दै ३२ रन दिए । जुन यो सिजनको आइपीएलमा सन्दिपको सबैभन्दा महँगो हो ।

उनले यस सिजनमा तीन खेल खेलेका छन् । सन्दिपले आफ्नो पहिलो खेल कोलकाता नाइटराइडर्स बिरुद्ध १ विकेट लिएर १२ डट बल खेल्दै २९ रन दिएको थिए । त्यस्तै दोश्रो किंग्स इलाभेन पन्जाव बिरुद्धको खेलमा २ विकेट लिएर ८ डट बल खेल्दै २७ रन दिएका थिए । 

तुलनात्मक रुपमा सन्दिपको लागि तेश्रो खेल बढी महँगो रह्यो तर पनि सन्दिप आफ्नो पछिल्लो तीनै खेलमा विकेट लिन भने चुकेका छैनन् । यस सिजनको आइपीएलमा सन्दिपले ४ विकेट लिईसकेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी