2026-10-30 08:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

सूर्योदय हेर्न भकुण्डे पुग्छन् पर्यटक

चैत २२, गलकोट | पछिल्लो समय बागलुङ नगरपालिका १० भकुण्डेस्थित मुलावारी भ्यूटावर पर्यटकहरुका लागि रोजाइमा पर्न थालेको छ  । 

पर्यटकीय गाउँ भनेर जिल्लामा परिचित भकुण्डेमा पुग्ने पर्यटकलाई भ्यूटावरबाट देखिने सूर्योदयको दृश्यले लोभ्याउन थालेको हो । विषेश गरी मगर समुदाय रहेको भकुण्डे गाउँमा बराह ताल, मगर संस्कृति, सङ्ग्रहालय, मनोरम दृश्य तथा घरबासको आतिथ्यताका लागि आन्तरिक तथा बाह्य पर्यटक त्यहाँ पुग्ने गरेका छन् । 

पर्यटकको आगमन बढ्न थालेपछि तत्कालीन संविधानसभा सदस्य नरबहादुर थापाको पहलमा निर्माण थालिएको भ्यूटावर निर्माण सम्पन्नको अन्तिम तयारीमा पुगेको छ । भ्यूटावर वरपर राताम्मे फूलेका लालिगुराँस, मनै लोभ्याउने दुई दर्जन बढी हिम श्रङ्खला र बिहानको समयमा हुने सूर्योदय दृश्य अवलोकनका लागि भकुण्डे पुग्ने पर्यटकहरुको सङ्ख्यामा समेत वृद्धि हुन थालेको वडाध्यक्ष प्रेम थापाले बताउनुभयो ।

“हामीले भकुण्डे आउने पर्यटकलाई कसरी भ्यूटावरसम्म पुर्याउने भनेर लागि परेका छौँ,” अध्यक्ष थापाले भन्नुभयो, “भ्यूटावर पुग्नका लागि पदमार्ग खानेपानी, शौचालय लगायतका पूर्वाधार निर्माणको चरणमा छौँ ।”

अध्यक्ष थापाका अनुसार घरवासमा आउने पर्यटकका लागि भ्यूटावरका बारेमा घरवास सञ्चालकहरुले जानकारीसमेत गराउन थालेपछि भ्यूटावर पर्यटकहरुको रोजाइमा पर्न थालेको हो ।  

भकुण्डे आउने पर्यटकले भ्यूटावरका बारेमा जानकारी दिन थालेपछि घरवासमा आउने पाहुना भ्यूटावरमा मनोरम दृश्य अवलोकनका लागि जाने गरेको अतिथि सत्कार घरवासका सञ्चालक अप्सरा थापाले बताउनुभयो ।

“भ्यूटावर अवलोकन गरी फकर्ने पर्यटकले सूर्योदय मुख्य आर्कषकका रुपमा रहेको प्रतिक्रिया दिन्छन्”, थापाले भन्नुभयो, “बागलुङ बजारबाट बिहानै भ्यूटावर आउने सम्भावना थिएन, घरवास कार्यक्रम शुरु भएसँगै यहाँ बसेर एक बिहानै भ्यूटावर जाने वातावरण सिर्जना भएको छ ।’

भारतको दार्जलिङ तथा पोखराको सराङ्कोटबाट देखिने सूर्योदयको विकल्प भकुण्डेको भ्यूटावरबाट देखिने सूर्योदय हुन सक्ने भकुण्डे आएका पर्यटक प्रजापति गौतमले बताउनुभयो ।

जिल्लाकै पहिलो घरवास सञ्चालन भएको भकुण्डे गाउँ पुग्ने पर्यटकको आर्कषणका लागि हालै मात्र करीब ३० लाखको लागतमा सङ्ग्रहालयसमेत निर्माण गरिएको छ । 

बागलुङ जिल्लाको सदरमुकाम बागलुङ बजारदेखि ३ घण्टाको पैदल तथा समुन्द्री सतहदेखि दुई हजार १५० मिटरको उचाइमा रहेको चारतले पक्की भ्यूटावरमा रेलिङ, रङ्ग रोगन तथा विद्युत् जडानको काम बाँकी रहेको वडाध्यक्ष थापाले बताउनुभयो । 

थापाका अनुसार भ्यूटावर निर्माण गर्न हालसम्म करीब ७० लाख खर्च भइसकेको छ । गत वर्ष बागलुङ नगरपालिकाको रु पाँच लाखमा १०० मिटर पक्की पदमार्ग निर्माण गरिएको थियो । यो आर्थिक वर्षको रु आठ लाखले भ्यूटावरको निर्माण सम्पन्न गर्ने, चार तला माथि दृश्य अवलोकनका लागि टेलीस्कोप राख्ने, भ्यूटावर वरपर बगैचा र पदमार्ग निर्माण गर्ने बागलुङ नगरपालिका प्रमुख जनकराज पौडेलले बताउनुभयो ।

भकुण्डे गाउँको मगर संस्कृति र घरवासको लोकल खानाका प्रमुख विशेषता रहेको स्थानीयले बताएका छन् । आन्तरिक पर्यटकको रोजाइ रहेको भकुण्डे गाउँमा पछिल्लो समयमा जापान, कोरिया र भारत लगायतका देशबाट समेत पर्यटक आउन थालेका छन् । 

भकुण्डे पुग्ने सडकको स्तरउन्नति, मुलावारीदेखि भ्यूटावर पुग्ने पदमार्ग, खानेपानी लगायतका पूर्वाधार निर्माण गरी भ्यूटावर आउने पर्यटकमा दोब्बरले वृद्धि गर्ने वडाको योजना रहेको वडा कार्यालयको लक्ष्य रहेको छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना सुनको मूल्य एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ