पढ्न करिब 1 मिनेट लाग्छ

चैत २३, कावासोती (रासस) | ट्र्याक्टरमा रहेको विद्युत्को पोल निकाल्ने क्रममा आज सात वर्षीय बालकको मृत्यु भएको छ ।

नवलपरासीको गैडाकोट नगरपालिका–१३, ढोलबाजा चोकमा लु३च ७१९० नंको ट्र्याक्टरबाट विद्युत्को पोल बाहिर निकाल्ने क्रममा चोट लागेर स्थानीयवासी राजीव विकको मृत्यु भएको हो । गम्भीर घाइते उनको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गएको प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिनुभयो ।

पोलले लागेर राजीवका भाइ पाँच वर्षीय रागव घाइते भएका छन् । उनको भरतपुरमा उपचार भइरहेको छ ।

दुर्घटनामा घाइते

नवलपरासीको मध्यविन्दु नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते भएकी छन् । मध्यविन्दु–७ चोरमारामा बा६७प ४८९० नंको मोटरसाइकलले ठक्कर दिँदा कावासोती–४ का आठ वर्षीया युक्ती भुसाल घाइते भएकी हुन् । उनको भरतपुरमा उपचार भइरहेको छ ।