२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा २१८ एचआइभी सङ्क्रमित

२३ चैत्र २०७५, शनिबार १७:१९

चैत २३, गौशाला (रासस) | महोत्तरीमा एचआइभी सङ्क्रमितको सङ्ख्या २१८ पुगेको छ । यो सङ्ख्या जिल्ला अस्पतालमा औषधोपचार गराउन आउनेहरुको मात्र हो । अस्पतालको सम्पर्कमा नआउनेहरुलाई गणना गर्दा यो सङ्ख्यामा बृद्धि हुन सक्ने अनुमान गरिएको छ । 

जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख डा राजीवकुमार झाका अनुसार एचआइभी सङ्क्रमितमध्ये ८५ पुरुष, ११६ महिला, तीन तेस्रो लिङ्गी, आठ बालक र ६ बालिका रहेका छन् ।

जिल्ला अस्पताल जलेश्वरमा एचआइभी सङ्क्रमितका लागि सञ्चालनमा रहेको औषधि वितरण तथा परामर्श शाखामा अहिले २१८ जना नियमित रुपमा सम्पर्कमा रहेको तथा औषधि सेवन गरिरहेको डा झाले बताउनुभयो ।

उहाँका अनुसार चालू आर्थिक वर्षको साउन महीनादेखि अहिलेसम्ममा मात्रै नयाँ बिरामी १९ जना थपिएका छन् भने विगत १० देखि १५ वर्ष अगाडिदेखि पनि सङ्क्रमित जलेश्वर अस्पतालको नियमित सम्पर्कमा रहेर औषधि सेवन गरिरहेका छन् ।

जनचेतनाको अभाव, भेद्भाव र लाञ्छनाका कारण एचआइभी सङ्क्रमितहरु चिकित्सक तथा स्वास्थ्य संस्थाको सम्पर्कमा आउन नसकेकाले यो सङ्ख्या अझै बढ्न सक्ने अनुमान डा झाको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो