२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रातभर रोकिएको विमानमा यात्रु राखिनु ‘अपराध’

२४ चैत्र २०७५, आईतवार ०२:५५

चैत २४, काठमाडौं । सामान्य परिस्थितिमा कुनै पनि जहाज निर्धा्रित तालिकाभन्दा कति ढिला (डिले) हुन सक्छ ? यदाकदा एक–दुई मिनेट । कतार, थाईजस्ता प्रतिष्ठित एयरलाइन्स त सेकेन्ड पनि ढिला गर्दैनन् । डिले भए कर्मचारी कारबाहीमा पर्छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

नेपाल एयरलाइन्सका लागि भने डिले सामान्य मानिन्छ। अझ निर्धा्रित समयभन्दा ४५ मिनेट ढिलासम्म उड्न नसकेर भएको ठूलो क्षतिमा उसले अरू निकायलाई दोष दिएर पन्छिने गरेको छ । गत मंगलबार बेलुकी समयमा दुबई नउडाएर धावनमार्ग बन्दले विमान रोकिएको विषयलाई उड्ययन क्षेत्रमा ‘गम्भीर अपराध’ का रूपमा लिइएको छ । सबैभन्दा ठूलो बदमासी त यात्रुलाई रातभर विमानमै थुनिएको छ।

बेलुकी ९ बजे जहाज चढेका करिब १ सय ५० जनालाई भोलिपल्ट बिहान ५ः१५ मा मात्र बाहिर निकालिएको थियो। उडान हुन नसक्नुमा नेपाल एयरलाइन्सले ३–४ मिनेटको मौका नदिइएको आक्षेप लगाउँदै आएको छ। जब कि नोटाम (विमानस्थल बन्दको सार्वजनिक सूचना) तीन महिनाअघि जारी गरिएको थियो ।

‘केही मिनेटले गर्दा समस्या भएको होइन। ९ः१५ मा उड्नुपर्ने फ्लाइट नम्बर आरए २३१ को जहाज १० बजे पनि उड्न सकेन’, नागरिक उड्डयन प्राधिकरण सम्बद्ध स्रोतले भन्यो, ‘अनि चार मिनेट नदिएर करोडौं क्षति भयो भन्दै हामीलाई दोष दिन थालियो। यो उड्डयनको संवेदनशीलता बुझेर पनि बुझ पचाएजस्तो भयो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान