2026-06-19 02:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रातभर रोकिएको विमानमा यात्रु राखिनु ‘अपराध’

चैत २४, काठमाडौं । सामान्य परिस्थितिमा कुनै पनि जहाज निर्धा्रित तालिकाभन्दा कति ढिला (डिले) हुन सक्छ ? यदाकदा एक–दुई मिनेट । कतार, थाईजस्ता प्रतिष्ठित एयरलाइन्स त सेकेन्ड पनि ढिला गर्दैनन् । डिले भए कर्मचारी कारबाहीमा पर्छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

नेपाल एयरलाइन्सका लागि भने डिले सामान्य मानिन्छ। अझ निर्धा्रित समयभन्दा ४५ मिनेट ढिलासम्म उड्न नसकेर भएको ठूलो क्षतिमा उसले अरू निकायलाई दोष दिएर पन्छिने गरेको छ । गत मंगलबार बेलुकी समयमा दुबई नउडाएर धावनमार्ग बन्दले विमान रोकिएको विषयलाई उड्ययन क्षेत्रमा ‘गम्भीर अपराध’ का रूपमा लिइएको छ । सबैभन्दा ठूलो बदमासी त यात्रुलाई रातभर विमानमै थुनिएको छ।

बेलुकी ९ बजे जहाज चढेका करिब १ सय ५० जनालाई भोलिपल्ट बिहान ५ः१५ मा मात्र बाहिर निकालिएको थियो। उडान हुन नसक्नुमा नेपाल एयरलाइन्सले ३–४ मिनेटको मौका नदिइएको आक्षेप लगाउँदै आएको छ। जब कि नोटाम (विमानस्थल बन्दको सार्वजनिक सूचना) तीन महिनाअघि जारी गरिएको थियो ।

‘केही मिनेटले गर्दा समस्या भएको होइन। ९ः१५ मा उड्नुपर्ने फ्लाइट नम्बर आरए २३१ को जहाज १० बजे पनि उड्न सकेन’, नागरिक उड्डयन प्राधिकरण सम्बद्ध स्रोतले भन्यो, ‘अनि चार मिनेट नदिएर करोडौं क्षति भयो भन्दै हामीलाई दोष दिन थालियो। यो उड्डयनको संवेदनशीलता बुझेर पनि बुझ पचाएजस्तो भयो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो